प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमको फोरजी सेवा विस्तार कार्य निर्धारित समयमा सम्पन्न हुन नसक्नुको कारण समितिमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। नेपाल टेलिकमको सेवा प्रभावकारिता सम्बन्धमा छलफल गर्न बसेको समितिको बैठकले टेलिकमको फोरजी सेवा विस्तार निर्धारित समयभित्र सम्पन्न हुन नसक्नुको कारण सात दिनभित्र समितिमा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको हो। समितिका सभापति कल्याणी कुमारी खड्काले बैठकका निर्णय सुनाउँदै टेलिकमले फोरजी सेवा विस्तारमा भएको ढिलाइ भएको कारण सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएकी हुन्।
टेलिकमले प्रदान गर्ने सेवा प्रभावकारी नभएको जनगुनासो आएकाले गुणस्तरीय र नागरिकले अपेक्षा गरे अनुरूप सेवा विस्तार गर्नका लागि कार्ययोजना तयार गरी समितिमा पेश गर्न समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ। नेपाल टेलिकममा रणनीतिक साझेदार भित्र्याउन अगाडि बढाइएको प्रक्रियाको सन्दर्भमा कस्तो मोडालिटीमा काम भइरहेको छ भन्ने सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गरी सोको जानकारी गराउन समेत समितिले मन्त्रालयलाई निर्देशन दिएको छ।
समितिले नेपाल दूरसञ्चारसँग आवद्ध नेपाल टेलिकम र अन्य निजी सेवा प्रदायक संस्थाबाट गत आर्थिक वर्षमा ग्राहकलाई वितरण गरेको सिमकार्डको विवरण सात दिनभित्र उपलब्ध गराउन समेत मन्त्रालय र दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। त्यस्तै, नेपालभित्र सञ्चालित दूरसञ्चार संस्थाहरूको आर्थिक अवस्थाको विवरण समेत माग गरेको छ।
कञ्चनपुरको ढक्का शिविरका आरक्षपीडितलाई माईती नेपालले खाना खुवाईरहेको छ । माईती नेपाल कञ्चनपुरले छानाे र मानाे नभएका आरक्षपीडित परिवारलाई खाना खुवाउन लागेको हो । बन्दाबन्दीमा पीडित परिवारलाई माईती नेपालले बस्तीमै पुगेर खाना खुवाइरहेको छ । माईती नेपालले एक सातादेखि लालझाडी गाउँपालिका- ६ ढक्का शिविरमा बस्दै आएका आरक्षपीडितलाई खाना खुवाइरहेकाे हो । लकडाउनमा समस्यामा परेका विपन्न परिवारका लागि सामुदायिक भान्सामार्फत माइती नेपाल कञ्चनपुरले दुई दशक अघि विस्थापित भएका पीडित परिवारलाई खाना खुवाउन लागेको माईती नेपाले जनाएको छ । लकडाउनका कारण समस्यामा परेका अतिविपन्न आरक्षपीडित परिवार तथा महिला, बालबालिकाका लागि खाना खुवाउन लागेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताईन् ।
यसअघि माईती नेपालले सुकुमबासी, मुक्त हलिया, कमैया, सुनाहबस्ती, बृद्धआश्रम, वादी बस्ती लगायतका विपन्न बस्तीमा खाना खुवाएको थियो । भट्टका अनुसार आरक्षपीडितका सत्र सय ५० परिवारलाई खाना खुवाएको बताईन् । एक महिनाको अवधिमा ८ हजारलाई खाना खुवाईको छ । शिबिरमै आएर खाना खुवाउन थालेपछि आरक्षपीडित समेत हर्षित भएका छन् । ०५८ सालदेखि विस्थापित भएका पीडितको पुनर्स्थापना नहुँदा उनीहरु अहिले शिबिरमा बस्न बाध्य भएका छन् । शिबिरमा बसेकाले अहिलेसम्म सरकारी गैरसरकारी कुनै पनि निकायबाट राहत सहयोग पाएका थिएनन् । आरक्षपीडित संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले विस्थापित भएदेखि अहिलेसम्म कुनै पनि निकायबाट यसरी राहत नपाएको बताए । ‘हामीलाई गैरकानुनी तरिकाले सरकारी जमिनमा बसेका छौँ भनेर कसैले पनि राहत दिन मानेको थिएन,’ अध्यक्ष भण्डारीले भने, ‘अहिले आएर माईती नेपालले लकडाउन पछि बस्तीमै आएर राहत दिन लागेको छ ।’
आरक्षविस्थपितहरू लकडाउनका कारण रोजगारीका क्षेत्र बन्द भएपछि झन समस्यामा परेका छन् । संयोजक भट्टले लकडाउनका कारण दैनिक ज्यालादारी, मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका परिवार समस्यामा परेका परिवारका लागि सामुदायिक रुपमा खाना खुवाउने अभियान शुरु भएको बताईन् । उनका अनुसार ५६ दिनसम्म चल्ने सो अभियानमा अतिविपन्न परिवारका महिला, बालबालिका, असहाय, वृद्ध तथा एक महिलाहरुलाई एकछाक पोषिलो खाना खुवाइने छ । वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भएका र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने परिवार बढी मारमा परेकाले आफूहरुले उनीहरुका लागि सामाजिक भान्सा अभियानको सुरुवात उनले बताईन् । ‘धेरैजसो क्षेत्रमा लकडाउनका कारण मजदुर विपन्न नागरिकलाई साँझ बिहानको छाक र्टान समस्या परेको छ,’ संयोजक भट्टले भनिन्, ‘संकटका बेला हामीले खुवाउने एकछाक पोषिलो खानाले पनि उहाँहरुलाई धेरै ठूलो सहयोग गर्ने हामीले आशा गरेका छौँ ।’ झण्डै दुई महिना चल्ने अभियानमा जिल्लामा रहेका अतिविपन्न र बन्दाबन्दीको मारमा परेका परिवारलाई बढी प्राथमिकतामा राखिने उनले बताईन् ।
माइती नेपाल, युयन ओमन तथा स्थानीय तहको समन्वयमा संचालन गरिएको अभियानमा दैनिक २६० जना महिला तथा बालबालिकालाई पोषिलो खाना खुवाइने गरेकाे संयोजक भट्टले बताईन् । कोरोना भाइरस अन्य रोग र विपत्तीजस्तो नभएकाे बताउँदै उनले यसबाट जोखिन सबैले भौतिक दूरी र सुरक्षाका उपायहरु अवलम्वन गर्नु पर्नेमा जोड दिइन् । पोषिलो खाना पाएसँगै खुशी भएका स्थानीयले खुसी व्यक्त गरेका छन् । माईती नेपाल कञ्चनपुरको अभियान साँच्चिकै विवाह गरेकी छोरी माईती घर जाँदा जति स्वागत र मीठो मसिनो भोजन खुवाईन्छ, उस्तै तरिकारले लकडाउनमा समस्यामा परेका महिला र बालबालिकालाई खुवाएको अनुभव उनीहरूले सुनाए ।
कोभिड संक्रमण नियन्त्रण तथा रोकथामा खट्न नमानेका वीरगन्ज महानगरपालिकाका २५ जना स्वास्थ्यकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले वीरगन्ज महानगरपालिकाका २५ जना स्वास्थ्यकर्मीलाई बिहीबार साँझ वीरगन्ज महानगरपालिका कार्यालय परिसरबाटै प्रहरीले नियन्त्रणमा लिएको हो। कोबीडको महामारीमा समेत विभिन्न बहाना गरेर काममा खट्न नमानेका २५ जना स्वास्थ्यकर्मीलाइ स्थानीय प्रशासनको निर्देशनमा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याइएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। अस्पतालका आइसोलेसनमा र स्वाब संकलन कार्यका लागि स्वास्थ्यकर्मीको अभाव भएपछि लागि नारायणी अस्पतालले ६० जना स्वास्थ्यकर्मी जिल्ला विपद व्यवस्थापन केन्द्रसँग मागेको थियो । अस्पतालको आग्रहमा जिल्ला प्रशासन कार्यालयले वीरगन्ज महानगरपालिकालाई साउन १० गते पत्र लेखेर ६० जना स्वासथ्यकर्मी उपलब्ध गराइ दिन निर्देशन दिएको थियो।
त्यसपछि महानगरपालिकाले साउन ११ गते ३० जना स्वास्थ्यकर्मीको सूची अस्पतालमा पठाएको थियो । सूचीमा ४ जना स्वास्थ्य निरीक्षक , ११ जना सिनियर अहेब , ५ जना अहेब र ४ जना अनमीको नाम थियो। तर साउन १५ गते भइसक्दा पनि महानगरले खटाएका कर्मचारीहरु काममा नआएपछि प्रहरी पठाएर उनिहरुलाई नियन्त्रणमा लिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललीत बस्नेतले जानकारी दिए। स्वास्थ्यकर्मीको अभावमा वैकल्पिक आइसोलेसन र स्वाब संकलन कार्य नै प्रभावित भएपछि बाध्य भएर प्रहरी लगाएर नियन्त्रणमा लिनु परेको बस्नेतले बताए। ‘खटाएको काममा किन नगएको हो भनेर सोधपुछ गर्न स्वास्थ्यकर्मीलाई नियन्त्रणमा ल्याइएको हो’ उनले भने, ‘अब पनि काममा जान मानेनन् भने विभागीय कार्वाही हुन्छ ।’ महानगरले पठाएको सूचीमा रहेका अरु ५ जनाको पनि प्रहरीले खोजी गरिरहेको छ। कोभिड अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले पनि महानगरपालिकाले सूची पठाएका स्वास्थ्यकर्मीलाई सम्पर्क गर्दा अनेक बहाना बनाएर काममा आउन नसक्ने जवाफ दिएपछि स्थानीय प्रशासनलाई जानकारी गराएको बताए।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–५ पोखरी नारायणस्थानस्थित सत्यनारायणको मन्दिरमा हरेक वर्ष लाग्दै आएको जात्रा यस वर्ष स्थगन गरिएको छ । कोरोना भाइरसको प्रभावका कारण नेपाल सरकारले कुनै पनि मेला, पर्व, जात्रा नगर्न/नगराउन गरेको निर्देशनबमोजिम यस वर्ष सो जात्रा सञ्चालन नगर्न तेमाल गाउँपालिकाले निर्देशन गरेको हो । तेमाल गाउँपालिका अध्यक्ष सलामसिं तामाङले बुधबार सूचना जारी गरेर यही साउन १९ गते जनैपूर्णिमाका दिन तेमाल नारायणस्थानस्थित धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रसिद्ध सत्यनारायणको मन्दिरमा जनैपूर्णिमा मेलामा लाग्दै आएको जात्रा कोभिड–१९ को प्रभावका कारण सञ्चालन नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको हो । सो मेलामा जात्रा हेर्नका लागि तेमाल, रोशी, कोशीपारिलगायत जिल्लाका विभिन्न स्थानबाट मान्छे आउने गर्थे । यसैबीच पाँचखाल नगरपालिकाले जनैपूर्णिमा र गाईजात्राका अवसरमा दुई दिन बिदा दिने निर्णय गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर भण्डारीले सूचना जारी गर्दै आउँदो सोमबार १९ र मङ्गलबार २० गते सार्वजनिक बिदा दिइने जानकारी दिनुभयो ।
वि.सं. २०७७ साउन १६। शुक्रवार। इ.स. २०२० जुलाई ३१। ने.सं. ११४० गुँलाथ्व। श्रावण शुक्लपक्ष। द्वादशी, २२:४९ उप्रान्त त्रयोदशी। मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। सहयोगीहरूले हिम्मत दिलाउनेछन् र चिताएको काम पनि सम्पादन हुनेछ। व्यापार–व्यवसायमा स्रोत जुटाउने समय छ। मिहिनेतले आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन समेत सफल भइनेछ। वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा काम थाल्न समय लाग्नेछ। तापनि मिहिनेत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। पछि लाभ हुने काम थालनी हुनेछ। मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। तर अरूको भावनालाई कदर नगर्दा आलोचित भइनेछ। सोखले खर्च बढाउनेछ। कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। केही चुनौती देखिए पनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। प्रयत्न गर्दा परिस्थिति अनुकूल बन्नेछ। सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। मिहिनेत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका साथीभाइ नजिकिन सक्छन्। तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। वादविवादबाट टाढै रहने प्रयत्न गर्नुहोला। वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मान-सम्मान पनि प्राप्त हुनेछ। धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिने समय छ। मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। काम खर्चिलो हुनाले कर्जा बढ्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। काम बीचैमा रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला। कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर समेत प्राप्त हुनेछ। मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुन सक्छ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४५ संक्रमित फेला परेका छन् । काठमाडौं उपत्यकामा हिजो मंगलबार मात्र एकै दिन ४५ संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपाल प्रहरीको पछिल्लो २४ घण्टामा २९ संक्रमित थपिएका हुन् ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १९ जना र भक्तपुरका २ जनामा संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १३ जनामा संक्रमण पाइएको छ । यस्तै शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा काठमाडौंका ४ जनामा संक्रमण पाइएको छ भने नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ३ जना संक्रमण पुष्टि भएको छ । उता स्टार अस्पताल पाटनमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा र भक्तपुरका २ जनामा संक्रमण देखिएको छ । योसंगै उपत्यकामा कुल संक्रमितको संख्या ५ सय ३६ पुगेको छ । काठमाडौंमा ३ सय ९१, ललितपुरमा ९२ र भक्तपुरमा ५३ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ!
अमेरिकासँगको बढ्दो तनावका बीच ईरानले संयुक्त अरब इमिरेट्स (युएई)स्थित फ्रान्सको अल धफ्रा एयरबेस नजिकैको समुद्रमा थुप्रै मिसाइल हानेको छ । त्यहीबेला फ्रान्स हुँदै भारत ल्याउन लागिएका ५ वटा राफेल विमान पनि त्यही पार्किङ गरिएको थियो । ती विमानमा भारतीय पाइलटहरु पनि थिए । जब इरानले लगातार मिसाइलहरु हान्न थाल्यो । राफेलका पाइलटहरु सुरक्षित ठाउँमा लुकेका थिए । इरानले आफ्ना मिसाइलहरु परीक्षण गरेको अनुमान गरिएको छ । मिसाइल प्रहारपछि फ्रान्सेली एयरबेस र खाडीमा रहेका अमेरिकी सैनिक अड्डाहरुमा पनि अलर्ट जारी गरिएको थियो । अमेरिकी सेनाको केन्द्रीय कमाण्डले इरानले मंगलबार बिहान हारमुज स्ट्रेट नजिकै धेरै ब्यालेष्टिक मिसाइलहरु हानेको पुष्टि गरेको छ इरानको सरकारी टेलिभिजनका अनुसार क्रान्तिकारी गार्डले सैनिक अभ्यासको क्रममा ती मिसाइलहरु परीक्षण गरिएको थियो । मिसाइल परीक्षण गरिएको स्थान फ्रान्सेली र अमेरिकी सैनिक अड्डा नजिकै पर्छ । धेरै मिसाइलहरु समुद्रमा खसेको दृष्य देखिएको थियो । इरानी सैन्य अभ्यासको सन्देृश संयुक्त राज्य अमेरिका लक्षित हो भन्ने कुरा स्पष्ट रुपमा बुझ्न सकिन्छ । इरानको पछिल्लो सैन्य अभ्यास र अमेरिकी प्रतिक्रियाले दुई देशहरुबीच युद्धको सम्भावना बढेर गएको देखिन्छ । पछिल्ला ६ महिनायता त्यहाँ दुई देशबीच बढ्दो तनावका दर्जनौ घटना भएका छन् ।
बागलुङमा एक जना स्वास्थ्यकर्मी सहित ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङका एक जना स्वास्थ्यकर्मी सहित ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो ।
बागलुङको जैमिनी नगरपालिकाका ५२ बर्षिय एक पुरुष स्वास्थ्यकर्मीलाई संक्रमण देखिएको प्रमुख गुरौंले बताउनुभयो । यस्तै बागलुङ नगरपालिकाका एक, काठेखोला गाउँपालिकाका दुई र बडिगाड गाउँपालिकाका दुई जना पुरुषलाई संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका महामारी फोकलपसर्न याम बरालले बताउनुभयो । बरालका अनुसार बागलुङ नगरपालिका–१ बाङ्गेचौरको रामरेखा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ३० बर्षिय एक पुरुष, भीमसेन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका काठेखोला गाउँपालिकाका २५ र २४ बर्षिय दुई जना पुरुष र त्रिभुवन माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका बडिगाड गाउँपालिकाका २६ र३४ बर्षिय दुई जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । संक्रमितहरु मध्य बागलुङ नगरपालिकाका बहराइनबाट आएका हुनभने अन्य छिमेकी देश भारतबाट आएका हुन् । जैमिनीमा स्वास्थ्यकर्मीलाई नै संक्रमणदेखिपछि आजैदेखि कन्ट्याक ट्रेसिङ सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय अनुसार स्वास्थ्यकर्मी क्वाटरमै बस्ने रहेकाले उक्त क्वाटरमा बस्ने अन्य कर्मचारी सहित उनी फल्डिमा गए नगएको खोजी गरि आज र भोलीसम्म सवैको पिसिआर परीक्षणको लागि स्वाब संकलन गर्ने तयारी गरिएको छ ।
राजधानीमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेसँगै उत्तरपूर्वी भेगको प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर बन्द गरिएको छ । गत चैत ११ गतेदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर साउन महिनामा पनि नखुलेपछि साउने सोमबारको भीड गोकर्णेश्वर महादेव मन्दिरमा बढेको थियो । भौतिक दूरी कायम गरेर पूजा आराधना एवं दर्शन गर्न दिएकामा भक्तजनको भीडका कारण सङ्क्रमण बढ्ने जोखिम देखिएकाले बिहीबारदेखि बन्द गरिएको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका-४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए।
भक्तजनलाई पूजा आराधना एवं दर्शनका लागि मन्दिर बन्द गरिए पनि नित्य पूजा, आरती पूर्ववत् सञ्चालन हुने उनले सुनाए । राजा मानदेवको शासनकालमा निर्माण भएको विश्वास गरिने गोकर्णेश्वर महादेव मन्दिर उपत्यकाका महत्वपूण शिवालयमध्येमा पर्छ । पशुपतिनाथ मन्दिरमा श्रीयन्त्र र गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा हुने भएकाले पनि यस मन्दिरको पौराणिक महत्व रहेको जनाइएको छ । वाग्मती उत्तरतिर बग्ने उत्तरबाहिनी क्षेत्रसमेत यहीँ रहेकाले धेरै भक्तजन यहाँ आएर पूजा, आराधना एवं दर्शन गर्ने इच्छा राख्छन् । विशेषगरी साउने सोमबारको व्रत बसेका महिला भक्तजनको यसअघिका दुई सोमबार गोकर्णेश्वरमा भीड लागेको थियो । साउनका प्रत्येक दिन बिहान विगत वर्षमा भन्दा यसपटक भीड बढेको देखिएपछि कोरोनाको जोखिम बढ्न नदिन मन्दिर बन्द गरिएको हो ।
कोरोनाको जोखिम नघटेसम्म मन्दिर नखोलिने जनाइएको छ । पशुपतिनाथ मन्दिरलगायत उपत्यकाका अन्य ठूला मन्दिर गत चैत ११ गतेदेखि नै बन्द छन् । गोकर्णेश्वर महादेव मन्दिर नजिकैका ५४ वर्षीय एक स्थानीयवासीको कोरोना सङ्क्रमणका कारण असार तेस्रो साता निधन भएको थियो । पछिल्लो समय उपत्यकामा पुनः सङ्क्रमण बढ्न थालेको र मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेपछि बन्द गर्न बाध्य हुनुपरेको मन्दिर प्रबन्ध समितिले जनाएको छ ।
अहिले विश्वभर छरिएकाे काराेना भाइ’रसकाे माहामारीबाट धेरै पि’डित बने र धेरैले ज्यान समेत ग एकाे छ । त्यस्तै, काेभिडवरुद्ध रुसले तयार पारेको खोप साउन २६ देखि २८ को बीचमा दर्ता गरिने दाबी गरिएको छ । मस्कोस्थित गामालेया रिसर्च इन्स्टिच्युट अफ एपिडेमियोलोजी यान्ड माइक्रोबायोलोजीले विकसित गरेको खोपलाई दर्ता गरेको तीनदेखि सात दिनभित्र सार्वजनिक उपयोगका लागि स्वीकृति दिइने बताइएको छ । मानवमाथि यस खोपको सफल परीक्षण यसै महिनाको शुरूआततिर गरिएको थियो । त्यतिखेर त्यसले पहिलो चरणको मानव परीक्षण पूरा गरेको थियो । दोस्रो चरणको परीक्षण जुलाई १३ मा गरिएको थियो । कुनै पनि खोप सार्वजनिक उपयोगका लागि स्वीकृत हुन तीन चरणको मानव परीक्षण गर्नुपर्ने हुन्छ र सामान्य परिस्थितिमा त्यो कैयौं महिनासम्म जान सक्छ । तर रुसले दोस्रो चरणको परीक्षण छिटो सकेर तेस्रो चरणमा नगई खोपलाई सार्वजनिक उपयोगमा लगाउन खोजेको देखिन्छ । गामालेया खोपलाई अगस्ट महिनामा सशर्त दर्ता गर्न सकिने बताइएको छ । त्यसको अर्थ हुन्छ, तेस्रो चरणको परीक्षण चल्दै गर्दा यसलाई प्रयोगका लागि स्वीकृति दिइनेछ । खोपको उत्पादन सेप्टेम्बर महिनाबाट आरम्भ गरिने अपेक्षा छ । मानव परीक्षण पूरा नहुन्जेल खोप स्वास्थ्यकर्मीहरूलाई मात्र दिइनेछ । हामी अाशा राख्छाैँ काेराेना भाइ’रसकाे उपचार क्रममा रूसले पत्ता लगाएकाे अाैषधी छिटाे भन्दा छिटाे बजारमा अाउने छ । एजेन्सी