Categories
Uncategorized

मेयर शाक्यलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । स्रोतका अनुसार दुईदिन अघि कोरोना परीक्षणका लागि स्वाब दिनुभएका शाक्याको आज पोजेटिभ रिपोर्ट आएको हो ।
सँगै परीक्षण गरिएको उहाँको पत्नीको भने कारोना नेगेटिभ रिपोर्ट आएको छ ।
Categories
Uncategorized

बैंक तथा वित्तीय संस्थामा भीडभाड नगर्न राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भीडभाड नगर्न निर्देशन दिदै जुनसुकै बैक तथा वित्तीय संस्थाको एटीएम कार्ड प्रयोग गरे पनि कुनै पनि प्रकारको शुल्क नलिन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले कोरोनाको प्रकोपको बढेको कारण बैंक तथा वित्तीय संस्थामा जाने अवस्था नभएकाले जुनसुकै संस्थाको एटीएम प्रयोग गर्न सक्ने भएकाले कुनै पनि प्रकारको शुल्क नलिन पुनः यस्तो निर्देशन दिएको हो ।
यसअघि पनि राष्ट्र बैंकले यस्तै निर्देशन जारी गरेको थियो । गत चैत ११ गतेदेखि जारी गरिएको लकडाउनको समयमा राष्ट्र बैंकले त्यस्तो निर्देशन दिएको र बैंक तथा वित्तीय संस्थाले समेत पालना गरेका थिए । नेपाल राष्ट्र र्बैकका प्रवक्ता डा गुणाकर भट्टले एटिएम सेवालाई प्रभावकारी बनाउन बैकहरुलाई निर्देशन दिएको न्यूज २४ टेलिभिजनलाई जानकारी दिनु भयो ।
पछिल्लो पटक पुनः काठमाडौँ उपत्यकालगायतका विभिन्न स्थानमा कोरोनाको संक्रमण बढेको अवस्थामा नागरिकले सहज रुपमा बैंकिङ सेवा लिन पाउन र कुनै पनि प्रकारको शुल्क तिर्नु नपरोस् भन्ने उद्धेश्यले राष्ट्र बैंकले यस्तो निर्देशन दिएको हो ।
बैंकहरुमा अनावश्यक भीड नगर्न र थोरै कर्मचारी राखेर भए पनि बैकिङ सेवा सञ्चालन गर्न नेपाल राष्ट्र बैकले नेपाल बैकर्स एशोशिएसनसंग समन्वय गरेको जनाएको छ । पछिल्लो पटक बैक तथा वित्तीय संस्थाहरुमा केही कम्पनीहरुको शेयरको आइपीयोको आवेदन फर्म भर्न सर्वसाधारणको भीड बढेको राष्ट्र र्बैंकले जनाएको छ ।
कठिन अवस्थामा सर्वसाधारणलाई सहज रुपमा बैकिङ सेवा प्रदान गर्न राष्ट्र बैकले भनेको छ ।
Categories
Uncategorized

स्वदेश फर्केर आफ्नो करियर अन्त्य गर्न मेस्सीलाई अर्जेन्टिनाका राष्ट्रपतिको सन्देश

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले लियोनेल मेस्सीलाई स्वदेश फर्केर निवेल्स ओल्ड ब्वाइजमा आफ्नो करियर अन्त्य गर्न आग्रह गरेका छन् ।
क्लब छाड्ने इच्छा व्यक्त गर्दै मेस्सीले बार्सिलोनालाई पत्र लेखे यता उनको भविष्यबारे निकै चर्चा भइरहेको छ । ला लिगाले हालै उनको करारमा रहेको ७० करोड युरोको रिलज क्लजभन्दा कम रकममा क्लब छाड्न नसक्ने बताएपछि उनको भविष्यबारे थप अन्यौलता देखिएको छ ।
यसका बावजुद धेरै क्लबहरुसँग मेस्सीको नामहरु जोडिएका छन् । जसमा म्यान्चेस्टर सिटी अग्रस्थानमा रहेका छ भने यो दौडमा पेरिस सेन्ट जर्मेन, इन्टर मिलान र युभेन्टस पनि जोडिएको छ ।
३३ वर्षको उमेरमा पनि गत सिजन व्यक्तिगतरुपमा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीले अझै युरोपियन फुटबलमा राम्रो प्रदर्शन गर्न सक्छन् । यसका बावजुद अर्जेन्टिनीहरु भने मेस्सी स्वदेश फर्कन सक्ने सपना साकार हुन सक्नेमा आशावादी छन् ।
हालै मात्र मेस्सीले बाल्यकालमा खेलेको क्लब निवेल्स ओल्ड ब्वाइज क्लबका समर्थकहरुले रोजारियोको सडकमा मेस्सीको समर्थनमा जुलुस निकालेका थिए । अहिले अर्जेन्टिनाकै राष्ट्रपतिले पनि मेस्सी र क्लबको सो पुनर्मिलन हेर्ने इच्छा व्यक्त गरेका छन् ।
‘तिमी हाम्रो हृदयमा छौँ र तिमीलाई हामीले हाम्रो देशमा खेलेको देखेका छैनौँ,’ फर्नान्डेजले सी५एनमार्फत मेस्सीलाई सन्देश सुनाए, ‘निवेल्स ओल्ड ब्वाइजमा आफ्नो करियर अन्त्य गरेर हामीलाई आनन्द देऊ ।’
३३ वर्षीय खेलाडीले क्लबबाट नखेल्ने इच्छा प्रकट गर्दै क्लबको मेडिकल र प्रशिक्षणमा सहभागी भएका छन् । तर, उनको स्थानान्तरण भने दिनप्रतिदिन पेचिलो बन्दै छ ।
Categories
Uncategorized

बागलुङ पन्चकोट मन्दिर को दर्शन गरि आजको राशिफल हेर्नुहोस


मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। काममा विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, कर्तव्यपरायण रहनुहोला।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन्। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै हुनेछन्। होसियारीसाथ काममा जुट्नुहोला। शुभचिन्तकहरूले पनि सामान्य सहयोग जुटाउनेछन्। सामाजिक कामको जिम्मेवारी बढ्नेछ। हतारकाे निर्णय त्रुटिपूर्ण हुन सक्छ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा असमझदारी निम्त्याउनेछ। निम्तो आए पनि भेटघाट गर्न केही समय प्रतीक्षा गर्नुहाेला। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। उठ्नुपर्ने रकम तत्काल हातलागी नहुन सक्छ। व्यापारको बहानामा यात्राकाे अवसर भने जुट्न सक्छ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा बुद्धिको उपयोग गर्नुहोला। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। श्रम परे पनि अरूको उपकार गर्न सकिनेछ। मिहिनेत नपुग्दा अध्ययनमा प्रगति नहुन सक्छ !
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा काम बनाउन सकिनेछ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनग्गे धन लाभ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
करकापमा परी काममा जुट्नुपरे अवस्था रहनेछ। परिश्रमका तुलनामा प्रतिफल कम देखिनेछ। खर्च तथा विवाद बढ्ने समय रहेकाले महत्त्वाकांक्षी योजनामा अघि नबढ्नुहोला। छर–छिमेकमा केही असमझदारी बढ्न सक्छ। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। अवसरका लागि भने केही दौडधुप गर्नुपर्ने देखिन्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
मिहिनेतले आम्दानी बढाउनेछ। आयस्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा मनग्य लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा पनि राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। दिन उत्साहवर्द्धक रहनेछ।
Categories
Uncategorized

महिलालाई विवाहपछि हुनेछ यस्ता ५ कुराको पछुतो

धेरै जसो महिला विवाहपछि नयाँ परिवेशमा आफूलाई लैजाने गर्दछन्।यसमा धेरै जसो महिला यस्ता हुन्छन् । पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ। आउनुहोस् जानौँ विवाहपछि प्राय महिलालाई कुरा कुरामा पछुतो हुने गर्दछ।

पूर्व पति वा प्रेमसँग तुलना: पूर्व प्रेम वा पतिसँग तुलना गर्नु हुँदैन्। विवाहपछि महिलाका अघि विभिन्न समस्या आउने गर्दछन्, तब उनीहरुलाई महशुस हुने गर्दछन् की यो भन्दा बरु पूर्व प्रेम पति भएको भए राम्रो हुने थियो । यस्तो अवस्थामा महिला आफ्नो विवाहको फैसलामा पछु’तो मान्ने गर्दछन्।

बच्चा बनाउन हतार: विवाह गर्ने वित्तिकै युवतीमा बच्चा जन्माउने दवाब आउन सुरु हुन्छ। अरु यसका लागि युवती तयार नहोस्, तर कुनै न कुनै बहानामा उसले यो कुरा सुन्नु पर्दछ। हरेक दिन बच्चाको कुरा सुन्दा उनीहरुलाई विवाह गरेकोमा पछुतो हुने गर्दछ।

सेल्फ टाइम: विवाहपछि महिलाले पतिसँग सँगै परिवारलाई पनि समय दिनु पर्ने हुन्छ। उनीहरुमाथि यति धेरै जिम्मेवारी आउने गर्दछ की उनीहरु आफूलाई समय दिन पाउँदैनन्। जसबाट दिक्क भएर उनीहरुमा विवाह गरेकोमा कहिलेकाही प’छुतो मान्ने गर्दछन्।

पर्सनल स्पेन: हर कोहीको जीवनमा पर्सनल स्पेन आवश्यक हुने गर्दछ। यदी हामीले विवाहको कुरा गरौँ भने उनीहरुलाई यस्तो जीवनका लागि समयनै मिल्दैन्। जब उनीहरुलाई आफ्नो चीज गर्ने मौका नै मिल्दैन् तब उनीहरुलाई विवाह गरेमा पछुतो हुने गर्दछ।

आफैलाई परिवर्तन गर्नु: विवाहपछि महिलालाई धेरै सम्झौता गर्नुपर्ने हुन्छ। उनीहरुले हरेक स्थितीमा आफूलाई फिट राख्ने प्रयास गर्नु पर्ने हुन्छ। यी सबै कुरालाई लिएर कहिलेकाही दिक्क हुने हुँदा उनीहरु विवाह गरेकोमा पछुतो मान्ने गर्दछन्।

Categories
Uncategorized

महिलालाई विवाहपछि हुनेछ यस्ता ५ कुराको पछुतो

धेरै जसो महिला विवाहपछि नयाँ परिवेशमा आफूलाई लैजाने गर्दछन्।यसमा धेरै जसो महिला यस्ता हुन्छन् । पछि गएर आफूले गरेको फैसलामा पछुतो मान्ने गर्दछन्। कुनै समय त उनीहरुलाई विवाह गरेमै पछुतो हुने गर्दछ। आउनुहोस् जानौँ विवाहपछि प्राय महिलालाई कुरा कुरामा पछुतो हुने गर्दछ।

पूर्व पति वा प्रेमसँग तुलना: पूर्व प्रेम वा पतिसँग तुलना गर्नु हुँदैन्। विवाहपछि महिलाका अघि विभिन्न समस्या आउने गर्दछन्, तब उनीहरुलाई महशुस हुने गर्दछन् की यो भन्दा बरु पूर्व प्रेम पति भएको भए राम्रो हुने थियो । यस्तो अवस्थामा महिला आफ्नो विवाहको फैसलामा पछु’तो मान्ने गर्दछन्।

बच्चा बनाउन हतार: विवाह गर्ने वित्तिकै युवतीमा बच्चा जन्माउने दवाब आउन सुरु हुन्छ। अरु यसका लागि युवती तयार नहोस्, तर कुनै न कुनै बहानामा उसले यो कुरा सुन्नु पर्दछ। हरेक दिन बच्चाको कुरा सुन्दा उनीहरुलाई विवाह गरेकोमा पछुतो हुने गर्दछ।

सेल्फ टाइम: विवाहपछि महिलाले पतिसँग सँगै परिवारलाई पनि समय दिनु पर्ने हुन्छ। उनीहरुमाथि यति धेरै जिम्मेवारी आउने गर्दछ की उनीहरु आफूलाई समय दिन पाउँदैनन्। जसबाट दिक्क भएर उनीहरुमा विवाह गरेकोमा कहिलेकाही प’छुतो मान्ने गर्दछन्।

पर्सनल स्पेन: हर कोहीको जीवनमा पर्सनल स्पेन आवश्यक हुने गर्दछ। यदी हामीले विवाहको कुरा गरौँ भने उनीहरुलाई यस्तो जीवनका लागि समयनै मिल्दैन्। जब उनीहरुलाई आफ्नो चीज गर्ने मौका नै मिल्दैन् तब उनीहरुलाई विवाह गरेमा पछुतो हुने गर्दछ।

आफैलाई परिवर्तन गर्नु: विवाहपछि महिलालाई धेरै सम्झौता गर्नुपर्ने हुन्छ। उनीहरुले हरेक स्थितीमा आफूलाई फिट राख्ने प्रयास गर्नु पर्ने हुन्छ। यी सबै कुरालाई लिएर कहिलेकाही दिक्क हुने हुँदा उनीहरु विवाह गरेकोमा पछुतो मान्ने गर्दछन्।

Categories
Uncategorized

सुपा देउराली को दर्शन गरि आजको राशिफल हेर्नुहोस हजुरको मनोकामना पूरा हुनेछ

वि.सं. २०७७ भदौ १४। आइतवार। इ.स. २०२० अगस्ट ३०। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। द्वादशी, ०८:५४ उप्रान्त त्रयोदशी।

मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। नाम, दाम र इनाम कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा लोकप्रिय काम गर्न सकिनेछ। नोकरी र व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। छोटो समयमा पुरुषार्थी काम सम्पादन हुनेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन पनि सफल भइनेछ।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
परिस्थितिवश आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। अस्वस्थताले काममा जुट्न बाधा पर्नेछ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई भाग्यले साथ दिनेछ। धेरै आम्दानी नभए पनि व्यवसाय सामान्य रूपमा चल्नेछ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। दौडधुप गर्नुपरे पनि काम अधुरो रहला। गोप्य सूचना बाहिरिन सक्छ। हुलमुलमा धनमाल जोगाउन अलि सजग रहनुपर्ला। स्वास्थ्यका लागि आराम र खानपानमा विशेष ध्यान दिनुहोला। यात्राको प्रक्रियामा बढी खर्च हुन सक्छ। आफ्नो उपलब्धिमा अरूले दाबी गर्ने सम्भावना रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। खर्च लागे पनि दिगो काम फेला पर्नेछ। प्रियजनसँग भेटघाट हुनेछ। पहिलेका सम्झौता तोड्नुपर्ने स्थिति आउन सक्छ। तर अरूको भरले मात्र काम नबन्न सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ। केही विवादास्पद जिम्मेवारी सम्हाल्नुपर्ला।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। ईर्ष्या गर्नेहरूले हार खानेछन्। व्यापारलगायत अर्थ लाभ हुने योजना प्रारम्भ गर्न सकिनेछ। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। दिगो काम थालनी हुनेछ। पछिका लागि पनि सकारात्मक संकेत प्राप्त हुनेछ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
उपलब्धिका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्। स्वास्थ्यका लागि खानपानमा ध्यान दिनुहोला। मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। नियमित काम र व्यवसायमा लाभ हुनेछ। महत्त्वाकांक्षा पूरा नभए पनि पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ। आर्थिक स्थितिमा पनि सुधार आउनेछ।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बनाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनेछन्। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। स्रोत-साधन जुट्नाले उद्योग र व्यापारमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अध्ययनमा प्रगति हुनेछ भने ज्ञान र कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। मिहिनेतले पेसागत उचाइमा पुर्याउन सक्छ। गुमेको स्थान प्राप्त हुनाले आफ्नो वर्चस्व पनि बढ्नेछ।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विशेष भेटघाटले नयाँ काम गर्ने वातावरण बन्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। बिछोडिएका आफन्तजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ र साथ दिनेहरू बढ्नेछन्।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ। दिगो योजनाका लागि ऋण लिने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। तर सानो कामलाई अधिक समय खर्च हुनेछ। बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्नेछ। केही आफन्त पनि टाढा हुनेछन्।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि राम्रै फाइदा हुनेछ। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने पछि फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ।
Categories
Uncategorized

परिवार र आफन्त सम्पर्कमा नआउदा संक्रमितको शव चार दिनपछि उठ्यो

विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएका महोत्तरीका कोरोना संक्रमितको शव चार दिनपछि स्थानीय प्रशासनले उठाएको छ ।
मृतकका परिवार र आफन्तहरु सम्पर्कमा नआउदा मंगलबार राति मृत्यु भएका महोत्तरीका ६१ बर्षीय पुरुषको शव शनिबार मोरङ जिल्ला प्रशासनले उठाएको हो । मृतकका आफन्तहरु सम्पर्कमा नआएपछि अस्पतालमा शव अलपत्र परेको थियो ।
साउन ३१ गते अस्पतालमा भर्ना गरिएको र स्वाब परीक्षण गर्दा भदौ ७ गते रिपोर्ट पोजेटिभ आएको न्यूरो अस्पतालले जनाएको छ । विरामी अवस्थामा छोराले ल्याएर अस्पताल भर्ना गरेको र मृत्युपछि कोही पनि सम्पर्कमा नआएका अस्पताल प्रशासनले जनाएको छ ।
आफन्तहरु कोही पनि सम्पर्कमा नआएपछि बृद्धको उपचारका क्रममा लागेको अस्पतालतर्पmको २ लाख २५ हजार र फार्मेसी तर्फको ७० हजार रुपैयाँ छुट गरेको सो अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्नीत बस्नेतले बताउनु भयो ।
उहाँले मृतक बृद्धलाई अस्पतालमा ल्याउदानै टाउकाको नसा सुकेर प्यारालाइसिस भएको बताउनु भयो । शव व्यवस्थापनको लािग मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले महोत्तरीबाट कोही नआएका कारण विराटनगरबाटै व्यवस्थापन गरेको बताउनु भयो ।
उहाँले विराटनगरकै एम्बुलेन्समा अलपत्र परेका संक्रमितको शव मोरङ प्रशासनको खर्चमा महोत्तरी पठाएको जानकारी दिनु भयो ।
मृतकका आफन्तहरु पनि सम्पर्कमा नआएको र स्थानीय पालिकालाई खबर गर्दा समेत वेवास्ता गरेका कारण मोरङ प्रशसनले शवको व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनु भयो । उहाँले महोत्तरीको भगाँहा नगरपालिकाका प्रमुख संग समन्वय गरेर शव पठाइएको बताउनु भयो ।
Categories
Uncategorized

पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया दुई महिला रहेका छन् ।
उनीहरु दुवैजनको आइसियूमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । मृत्य ुहुने काठमाडौंकी महिलाको शुक्रबार राति साढे ९ बजे र भक्तपुरकी महिलाको शनिबार बिहान ६ बजे मृत्यु भएको हो।
उच्च रक्तचापको समस्या भएकी काठमाडौंकी महिला गत साउन ३० गते अस्पताल भर्ना भएकी थिइन् । गत भदौं ८ गते भर्ना भएकी भक्तपुरकी महिलामा भने अरु कुनै समस्या नरहेको अस्पतालले बताएको छ ।
मृतकमध्ये काठमाडौंकी महिलाको भने हिजै शव व्यवस्थापन गरिएको र भक्तपुरकी महिलाको भने शव व्यवस्थापन गर्ने तयारी गरिएको छ।
Categories
Uncategorized

पाथिभरा माता को दर्शन गरि आजको राशिफल हेर्नुहोस

वि.सं. २०७७ भदौ १३। शनिवार। इ.स. २०२० अगस्ट २९। ने.सं. ११४० ञलाथ्व। भाद्र शुक्लपक्ष। एकादशी, ०९:४० उप्रान्त द्वादशी।
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
फाइदा सामान्य भए पनि तारिफयोग्य काम थालनी हुनेछ। धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला। सहयोगीहरूले हिम्मत दिलाउनेछन् र चिताएको काम पनि सम्पादन हुनेछ। व्यापार–व्यवसायमा स्रोत जुटाउने समय छ। मिहिनेतले आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रयत्न गर्दा दिगो कामको जग बसाउन समेत सफल भइनेछ।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। पहिलेका समस्या दोहोरिनाले पनि अलमल बढ्न सक्छ। समयको तालमेल नमिल्दा काम थाल्न समय लाग्नेछ। तापनि मिहिनेत गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि परिस्थितिलाई अनुकूल बनाउन सकिनेछ। पछि लाभ हुने काम थालनी हुनेछ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् र परिवारजनको साथले नयाँ आशा जगाउनेछ। व्यापार लगायत दिगो काम सुरु गर्न सकिनेछ। प्रयत्न गर्दा परिस्थिति अनुकूल बन्नेछ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। विवादास्पद कामको जिम्मेवारी वहन गर्नुपर्ला। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। केही चुनौती देखिए पनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। अरूको भावनालाई कदर नगर्दा आलोचित भइनेछ। सोखले फजुल खर्च पनि बढाउन सक्छ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सेवामूलक काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। मिहिनेत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। आफन्तले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। टाढिएका साथीभाइ नजिकिन सक्छन्।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने मिहिनेतले नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा फाइदा हुनेछ। वादविवादबाट टाढै रहने प्रयत्न गर्नुहोला।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मेहनतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मान-सम्मान पनि प्राप्त हुनेछ।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ। समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिने समय छ।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
खर्च लागे पनि लगानी बढाउने अवसर आउन सक्छ। काम खर्चिलो हुनाले कर्जा बढ्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। तापनि उपलब्धिमूलक यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। फाइदाका पछि लाग्दा धनमाल गुम्न सक्छ। काम बीचैमा रोकिनाले दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। पछिसम्म फाइदा हुने कामको जग बसाउने अवसर समेत प्राप्त हुनेछ।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ। बाध्यताले अलमल्याउन सक्छ। अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला। तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ। काम पूरा नभए पनि दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुन सक्छ।