Categories
Uncategorized

बामदेव गौतमविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई शुक्रबारलाई सर्‍यो

सर्वोच्च अदालतमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध परेको रिटको सुनुवाई शुक्रबारलाई सरेको छ ।
सर्वोच्चको संवैधानिक इजलासको पूर्ण इजलासमा बुधबार (आज) रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भएको छ । तर, अझै पनि कानून व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारसम्मलाई सरेको बताइएको हो ।

सुनुवाई नसकिएको कारण रिटको सुनुवाई शुक्रबारसम्म सरेको सर्वोच्चले जनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्नुभएको थियो ।
तर, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले उक्त मनोनयन बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
बुधबार (आज) प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको पूर्ण इजलासमा निवेदनको माग बमोजिम अन्तरिम आदेश जारी गर्ने/नगर्नेबारे बहस भएको बताइएको छ ।
यता रिट निवेदकका तर्फबाट भने वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, दिनेश त्रिपाठी, हरि उप्रेती, पंकज कर्णलगायतले बहस गरेका थिए । त्यस्तै, सरकारी पक्षबाट महान्यायाधीवक्ता अग्नि खरेलले बहस गरेका थिए ।
Categories
Uncategorized

सुनको मूल्य प्रतितोला ५०० ले बढ्यो

नेपाली बजारमा बुधबार सुनकाे मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु ९०० ले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला रु ५०० ले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० तोकेको छ ।
मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ७०० थियो । यस्तै चाँदीको मूल्यमा पनि प्रतितोला रु १५ ले वृद्धि भई एक हजार १९० पुगेको छ ।
Categories
Uncategorized

पेट्रोलमा तारपिन तेल मिसाउने ट्याङ्कर चालक पक्राउ

प्रहरीले पेट्रोलमा तारपिन तेल मिसाएर ठगी गर्ने ट्याङ्कर चालकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर काठमाडौँ आएको ना४ख ३०८५ नंको ट्याङ्करमा तारपिन तेल मिसाउने चालक सचिन सुवेदीलाई मङ्गलबार साँझ आयल निगमको थानकोट डिपोबाट पक्राउ गरेको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले नक्कली ट्याङ्कीको चाबी प्रयोग गरी चेम्बरको लक खोलेर तारपिन तेल मिसाएको सूचनाका आधारमा सुवेदीलाई पक्राउ गरिएको जानकारी दिए ।
नेपाल आयल निगम थानकोट शाखाका प्रमुख प्रदीप यादवले पेट्रोलमा ६०० लिटरभन्दा बढी तारपिन तेल मिसाएर ल्याएकाले कारवाही गरिएको बताए । दुई साताको अवधिमा आयल निगमले पेट्रोल तथा डिजेलमा मिसावट गर्ने तथा चोरी गर्ने छ चालकलाई पक्राउ गरी कारवाही गरिसकेको छ ।
Categories
Uncategorized

विपक्षीविरूद्ध किन खनिए नरेन्द्र मोदी हेर्नुहोस

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार कृषि कानुनको विरोधमा उत्रिरहेका विपक्षी दलविरूद्ध खनिएका छन्। 

कुनै दल विशेष नाम नलिइ मोदी विपक्षीहरू विरूद्ध खनिएका हुन्। 
‘आज जब केन्द्र सरकारले किसानहरूलाई उनीहरूको अधिकार दिदैं छ, तब यी मानिसहरू विरोधमा उत्रिएका छन्’, उनले भने।
विपक्षीको कदमप्रति असन्तुष्टि व्यक्त गर्दै मोदीले किसानले पूजा गर्ने सामान र उपकरणमा आगो लगाउँदै उनीहरूले किसानको अपमान गरिरहेको बताए।

देशको केन्द्रीय राजधानी नयाँ दिल्लीमा कृषि कानुनको विरोधमा सोमबार ट्याक्टरमाथि आगो लगाएर विरोध जनाइएको थियो। यो विरोध प्रदर्शन गर्नेहरू युथ कांग्रेस भएको बताइएको छ।
मोदीले किसानहरूले आफ्ना उत्पादन खुल्ला बजारमा नबेचुन् भन्ने विपक्षीको चाहना भएको आरोप लगाए। 
यसैगरी मोदीले केही मानिसहरूले विरोधका लागि मात्र विरोध गरिरहेको बताए।
‘देशका किसान, श्रमिक र देशको स्वास्थ्यसँग जोडिएका ठूला सुधारहरू भएका छन्। यी सुधारबाट देशका श्रमिक सशक्त हुनेछन्, नौजवान सशक्त हुनेछन् र आज देशले केही मानिसहरूले विरोधका लागि मात्र विरोध गरिरहेको देखिरहेको छ’, भारतीय राज्य उत्तराखण्डमा नमामी गंगे परियोजना अन्तरगतको ५२१ करोड भारतीय रूपेयाँ लागतको परियोजना उद्घाटन गर्दै मोदीले भने।
‘डिजिटल भारत अभियान, जनधन बैंक खाताले कसरी मानिसहरूलाई धेरै सहयोग गरेको छ। जब हाम्रो सरकारले यो काम सुरू गरेको थियो तब यी मानिसहरूले यसको पनि विरोध गरेका थिए। देशका गरिबको खाता खुलोस्, उनीहरू पनि डिजिटल लेनदेन गरून् भन्ने हाम्रो कुराको उनीहरूले सँधै विरोध नै गरे’, उनले थपे।

त्यसैगरी मोदीले विपक्षीले राम मन्दिरको भूमिपूजाकोसमेत विरोध गरेको बताउँदै विपक्षी ‘न किसानसँग न जवानसँग’ भएको आरोप लगाए।
 
Categories
Uncategorized

दक्षिण काली माताको दर्शन गरि हेर्नुहोस असोज १४ गतेको बुधबार को राशिफल

वि.सं. २०७७ असोज १४। बुधवार। इ.स. २०२० सेप्टेम्बर ३०। ने.सं. ११४० अनलाथ्व। अधिक आश्विन शुक्लपक्ष। चतुर्दशी, २३:४७ उप्रान्त पूर्णिमा।
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। ऋण तथा कर्जा पनि चुक्ता गर्न सकिनेछ।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विशेष कर्म प्राप्तिको योग छ। तर अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। सामाजिक जिम्मेवारी बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। आँटेको काम सिद्ध गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
सम्भावना र अवसर खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्वास्थ्य कमजोर रहनेछ भने केही प्रतिकूल परिस्थितिसँग जुध्नुपर्नेछ। अशक्त अवस्थामा व्यस्तता बढ्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ। प्राथमिकताका आधारमा काम अघि बढाउन नसकिएला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। शुभचिन्तकहरूकाे सहयाेगले काम बन्नेछ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। तर विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत परिस्थितिले सहयोगी बन्नेछन्। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले दुश्मनी गर्नेहरूले भने केही समस्या निम्त्याउन सक्छन्, सजग रहनुहाेला।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ। भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीबाट जाेगिएर काम गर्नुहाेला।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
खर्च लागे पनि काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा अवरोध हट्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। केही खर्च बढ्नेछ। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर भने प्राप्त हुनेछ।
Categories
Uncategorized

तातोपानी नाका आगामी असोज १९ गतेदेखि सञ्चालनमा आउने

चीनबाट सामान आयात हुने प्रमुख नाका तातोपानी नाका आगामी असोज १९ गतेदेखि सञ्चालनमा आउने भएको छ । नाका बन्द भएको एक महिनाभन्दा लामो समयपछि संचालनमा आउने भएको हो । आज नेपाली पक्ष र चीनको ल्हासाको फरेन अफिसको टोलीले गरेको छलफलले आगामी १९ गतेबाट नाका संचालनमा ल्याउने समझदारी गरेकाे बताइएकाे छ ।
असोज १८ गतेसम्म सम्पूर्ण तयारी सक्ने गरी नेपाल पक्षबाट तयारी थालिएको छ । त्यसका लागि लोड अनलोड गर्ने मजदुरको टोली तयार गरिने बताइएको छ । लोड अनलोडका लागि पहिलेका २५ जना कामदार रहेको र अब अझै २८ जना कामदार थप्नुपर्ने आवाश्यकता रहेको बताइएको छ । कामदारहरुको कम्तीमा ५ ५ दिनको फरकमा पीसीआर परीक्षण गरिनेछ ।
Categories
Uncategorized

भक्तपुर : सवारी साधनमा जोर-बिजोरमा कडाइ, नियम मिचेमा दिनभर होल्ड गरेर राखिने

जोर-बिजोर प्रणालीलाई बेवास्ता गरी सवारी चलाउनेको संख्या बढेसंगै भक्तपुरमा चेकजाँचमा कडाइ गरिएको छ ।
नियम विपरीत चलाउने सवारी साधनलाई बिहान ६ बजे देखि बेलुका ७ बजेसम्म चल्ने सवारी साधनलाई होल्ड गरेर राखिएको छ ।

जिल्लामा सरकारले लागू गरी राखेको सवारी साधनमा जोरबिजोर प्रणालीलाई बेवास्ता गर्ने बढे पछि चेकिङमा कडाई गर्नु परेको ट्राफिक प्रहरी कार्यालय भक्तपुरका प्रमुख सुमन न्यौपानेले बताउनुभयो ।
जोर बिजोरको नियमलाई अटेर गर्ने दिनको करिव ७० देखि ८० वटा सम्म गाडी तथा मोटरसाईकलहरु कारवाहीमा पर्ने गरेका छन्, न्यौपानेले भन्नुभयो । जिल्लाको बिभिन्न चोकहरुमा बिहान ६ देखि बेलुका ७ बजे सम्म चेकिङ गर्ने गरेका छन् ।
Categories
Uncategorized

पथिभरा माताको दर्शन गरि एक शेएर गरेर आजको राशिफल हेर्नुहोस

वि.सं. २०७७ असोज १३। मंगलवार। इ.स. २०२० सेप्टेम्बर २९। ने.सं. ११४० अनलाथ्व। अधिक आश्विन शुक्लपक्ष। त्रयोदशी, २२:३२ उप्रान्त चतुर्दशी।
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। काम अड्किए पनि लाभांश प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। समाजमा तारिफयोग्य काम गर्न सकिनेछ। घर–परिवारमा भने केही असमझदारी देखापर्ने समय छ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिबन्धले समस्या निम्त्याउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या पर्नेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। मिहिनेत गर्दा अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। आयस्रोत कमजोर बन्नेछ भने फजुल खर्च पनि बढ्न सक्छ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्नेछ। अतिथिका रूपमा मानसम्मान प्राप्त होला। टाढिएका साथीभाइसँग भेटघाट हुनेछ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अरूको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। तापनि प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। मिहिनेतले लाभ उठाउन सकिनेछ।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
हल्लाको विश्वास गर्दा काम बिग्रन सक्छ। आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि प्रियजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। तापनि प्रतिस्पर्धीहरू पछि पर्नेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापारमा सामान्य फाइदा उठाउन सकिनेछ।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिनेछ। परम्परालाई समयसापेक्ष सुधार गर्न सफल भइनेछ।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
भैपरी आउने खर्च बढ्नाले अर्थ अभावको स्थिति रहनेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपरे पनि कर्जामार्फत धन जुटाउन सकिनेछ। केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ। परोपकारी काम सम्पादन गर्न सकिनेछ।
Categories
Uncategorized

पाल्पामा गोठ भत्किदा १ को मृत्यु १ गम्भीर घाइते

पाल्पा रैनादेवी छहरा गाँउपालिकाको डवकामा आज अचानक गोठ भत्किदा एक जनाको मृत्यु भएको छ ।सोमबार दिउँसो अचानक घरको गोठ भत्किदा ५५ वर्षीय हरि लम्तरीको घटना स्थलमै मृत्यु भएको हो, भने एक जना ४८ वर्षीय अम्बर बहादुर पेग्नी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी मदन गिरीले जानकारी दिनुभएको छ ।
केही दिन अगाडि जिल्लामा अविरल वर्षा भइरहेको कारणले गर्दा गोठ भिजेको कारण अचानक भत्किएको हुन सक्ने प्रहरी तथा स्थानीयको अनुमान छ । गोठ भत्किदा गोठमा रहेको १ भैसी, १ पाडा र एउटा बाख्रा समेत च्यापिएर मरेको प्रहरीले जनाकएको छ ।
स्थानीय तथा मुझुङ्ग इलाका प्रहरी कार्यालय उदार कार्यमा खटिएका छन् । घटना समबन्धी थप अनुसन्धान भैरहेको समेत जिल्ला प्रहरि कार्यलय पाल्पाले जनाएको छ ।
Categories
Uncategorized

पशुपतिनाथ को दर्शन गरि आज वि.सं. २०७७ असोज १२। सोमवार। इ.स. २०२० सेप्टेम्बर २८। ने.सं. ११४० अनलाथ्व। अधिक आश्विन शुक्लपक्ष। द्वादशी, २१:४५ उप्रान्त त्रयोदशी। को राशिफल हेर्नुहोस

वि.सं. २०७७ असोज १२। सोमवार। इ.स. २०२० सेप्टेम्बर २८। ने.सं. ११४० अनलाथ्व। अधिक आश्विन शुक्लपक्ष। द्वादशी, २१:४५ उप्रान्त त्रयोदशी।

मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मध्याह्नपछि व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले काम पूरा हुनेछ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। मध्याह्नदेखि स्थितिमा सुधार आउनाले नयाँ काम गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। प्रयत्न गर्दा सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
खर्च लागे पनि व्यापारमा लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। मध्याह्नपछि घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। तर, विचार नमिल्नाले आफन्तसँग मतभेद हुन सक्छ। वादविवादले साथीभाइमा फाटो ल्याउन सक्छ। आतिथ्य खर्चिलो बन्ने देखिन्छ। व्यापारमा भने फाइदा हुनेछ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षा गरिएको नतिजा सकारात्मक नहुन सक्छ। सहयोगीहरूले साथ दिन छाड्नेछन् भने अस्वस्थताले कमजोर महसुस हुनेछ। व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ। मध्याह्नपछि प्रातिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। अप्ठ्यारा परिस्थिति सुल्झाउन जुट्नुपर्ला। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। अध्ययनमा प्रगति हुनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रतिभा देखाएरै प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। दिगो काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नपछि भने आफन्तहरू टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला। पशुधनबाट लाभ उठाउन सकिनेछ।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
विवादास्पद अभिव्यक्तिले समस्या निम्त्याउला। साेचेकाे समयमा काम पूरा नहुन सक्छ। तापनि अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। मध्याह्नपछि प्रतिस्पर्धा बढ्नेछ भने प्रतीक्षा गरिएको नतिजा कमजोर रहनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले रोकिएका काम बन्नेछन्। मिहिनेतले प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ। अरूका लागि जुट्दैमा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मध्याह्नपछि अध्ययनमा प्रगति हुनेछ र ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। सुखद् समाचारले उत्साह पनि जगाउनेछ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने नयाँ कामको प्रस्ताव आउनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ।