Categories
Uncategorized

परिवारबाट सम्पर्कविहीन भएका किशोर-किशोरीको शव जंगलमा भेटियो

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउदको शव भेटिएको हो ।
दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको र आज बिहान जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो । “दुवै जना २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ” प्रवक्ता थापाले भन्नुभयो, “ घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ ।”
घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ ।
Categories
Uncategorized

जोडि मिलाउने र निसन्तान लाई सन्तान दिने दुप्चेश्वर महादेव को दर्शन गरि आजको राशिफल हेर्नुहोस

वि.सं. २०७७ कात्तिक १५। शनिवार। इ.स. २०२० अक्टोबर ३१। ने.सं. ११४० कौलाथ्व। आश्विन शुक्लपक्ष। पूर्णिमा, १९:३३ उप्रान्त प्रतिपदा।

मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मनपर्ने वस्तु, उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक कामले मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द लिने अवसर जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। आर्थिक प्रलोभन देखाउनेहरूबाट सजग रहनुहोला। समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ला। चुनौती पन्छाउँदै रोकिएका काम सम्पादन गर्न सकिनेछ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
भौतिक साधन जुट्नाले प्रसन्नता मिल्नेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आम्दानी बढ्नाले परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। चिताएको काम बन्नेछ भने अवसरले राम्रै लाभ दिलाउनेछ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिस्थिति अनुकूल रहे पनि अरूका लागि बुद्धि खर्चनुपर्नेछ। जीवनशैली व्यस्त रहे पनि गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विगतका कमजोरी बाहिर आउनाले केही समस्या देखापर्नेछन्। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ। श्रम परे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। सानातिना काममा अल्झनुपरे पनि समस्या सुल्झाउन सफल भइनेछ। तत्काल उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो योजना बन्न सक्छ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा कष्टपूर्ण हुनेछ र अरूको विश्वास गर्दा आफ्नो काम रोकिन सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। नतिजा कमजोर देखिनाले पहिलेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। लगनशीलताले मात्र काम बन्नेछ।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ। साथीभाइको सहयोगले उत्साह मिल्नेछ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर प्राप्त भए पनि फाइदा उठाउन चुनौतीसँग जुध्नुपर्नेछ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्य कमजोर रहनाले व्यवसायमा बाधा पुग्नेछ। प्रगतिमाथि ईर्ष्या गर्नेहरूले दुःख दिनेछन्। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला। परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा अलि पछि परिनेछ। स्वास्थ्य कमजोर रहनेछ। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। आफ्नो प्रतिभाको कदर हुनेछ।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। आर्जित द्रव्य अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण हुनाले दिगो फाइदा हुनेछ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिवश चिताएको काम पूरा गर्न नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बुद्धि खर्चनुपर्ने देखिन्छ। सेवामूलक कामबाट राम्रो उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले हिसाबकिताबमा होसियार रहनुहोला।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ। आफ्नो क्षेत्रमै प्रभाव जमाउन सकिनेछ भने सम्मानित स्थान प्राप्त हुन सक्छ। तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ। सानो प्रयत्नले फाइदा बढ्नेछ। व्यापारमा पनि प्रशस्त लाभ हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। दाम र नाम कमाउने समय छ।
Categories
Uncategorized

काठमाडौंमै मन्दिर परिसरमा बसिरहेका एक युवकको छुरा प्रहार गरि ह’त्या

अज्ञात समुहले छु’रा प्रहार गरि काठमाडौंमा एक युवकको ह’त्या गरेका छन् । टोखा नगरपालिका–५ धापासीधापासीमा बस्दै आएका गोरखाका २४ बर्षीया आशिष मगरको अज्ञात समुहले छु’रा प्रहार गरि हुत्या गरेको प्रहरीको भनाइ छ ।
मगर शुक्रबार बिहान धापासिस्थित देवी मन्दिरको प्राङ्गण बसिरहेका बेला अज्ञात समुहले आ’क्रमण गरि गम्भीर घाईते भएका उनलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।
आ’क्रमण गर्ने समुहको पहिचान हुनसकेको छैन् । अपराधिहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Categories
Uncategorized

श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ

श्वासप्रश्वासमा समस्या देखिएपछि पूर्वसभामुख कृष्णबहादुर महराको श्रीमती सीतालाई हेलिकप्टरबाट काठमाडौं पठाइएको छ।
पूर्व सभामुख महराकी श्रीमती सीता महरा एकाएक गम्भीर विरामी भएपछि उपचारका लागि हेलिकोप्टर मार्फत काठमाडौं पठाइएको हो ।
एभरेष्ट एयरलाइन्सको हेलिकप्टर मार्फत घोराहीबाट ५९ बर्षीया सीता महरालाई शुक्रवार विहान ९ बजेतिर उपचारका लागि काठमाडौं पठाइएको हो ।
सीता महरालाई गम्भीर प्रकृतिको निमोनिया भएको र त्यसले गर्दा स्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि हेलिकप्टर मार्फत काठमाडौं लैजानु परेको जानकारी दिइएको छ ।
Categories
Uncategorized

भारतीयलाई नागरिकता सिफारिस गर्ने धनगढीका वडाध्यक्ष पक्राउ

कैलालीमा भारतीय नागिरकलाई  नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जाेशी भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेकाे आराेपमा पक्राउ परेका हुन्। 
२०७५  फागुन २० मा वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कायालयका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन्। नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
वडाध्यक्ष जोशीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Categories
Uncategorized

एकदमै दुर्लभ पाइने नाग देवताको दर्शन गरि आजको राशिफल हेरेर एक शेएर गर्नुहोस हजुरको मनोकामना पूरा हुनेछ

वि.सं. २०७७ कात्तिक १४। शुक्रवार। इ.स. २०२० अक्टोबर ३०। ने.सं. ११४० कौलाथ्व। आश्विन शुक्लपक्ष। चतुर्दशी, १७:२५ उप्रान्त पूर्णिमा।

मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना छ। साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ। तर, भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि प्रतीक्षा गरिएको काम बन्नेछ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ। हुलमुलमा धनमाल सुरक्षामा अलि सतर्कता अपनाउनुहोला।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। रोकिएको काम बन्नाले जिम्मेवारी बढ्नेछ। विशेष भेटघाटले उत्साह बढाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर व्यापार, पेसा र व्यवसायमा मनग्य फाइदा हुनेछ। अरूलाई प्रभावित पारेर नै लाभ उठाउने समय छ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
काममा चुनौती सामना गर्नुपरे पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। कामले सम्मानित स्थान दिलाउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ। साँझतिर भने कामको चाप र जिम्मेवारी बढ्ने देखिन्छ। तापनि आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। शरीरमा पनि कमजोरी अनुभूति हुनेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि नहुन सक्छ। कामको चाप बढ्नेछ भने आर्थिक रूपमा पनि अभाव अनुभूति हुनेछ। साँझतिर स्थितिमा केही सुधार आउनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। रोकिएका काम गर्न सकिनेछ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
घुमफिर तथा मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ। साँझतिर भने स्वास्थ्यमा कमजोरी र काममा चुनौती देखापर्न सक्छ।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। प्रेम र मित्रताको बन्धन पनि कसिने समय छ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेतले राम्रो प्रतिफल हासिल गर्न सकिनेछ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। रोकिएका काम बन्नाले साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। शत्रु तथा प्रतिस्पर्धी परास्त हुनेछन्। उपलब्धिका लागि प्रतिष्ठित व्यक्तिहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दु:ख पाइनेछ। समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। बेसुरमा दिएकाे वचनले पनि अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। साँझतिर बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। दिगो प्रयत्नले मात्र काम बनाउन सकिनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने आफन्तसँग केही असमझदारी बढ्न सक्छ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले ठूलो काम बन्न सक्छ। कामले सम्मानित स्थान दिलाउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ। साँझतिर आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइने योग छ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। साँझतिर लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूलेे साथ दिनेछन्।
Categories
Uncategorized

भिटेनलाई खोज्दै प्रहरी

र्‍याप गायक भिटेन (समीर घिसिङ) को नयाँ गीतमा पनि छाडा शब्द बोलेको पाइएपछि प्रहरीले उनको खोजी सुरु गरेको छ ।
प्रहरी प्रधान कार्यालयले गीत गाउनेदेखि भिडियो बनाउनेसम्मको काममा संलग्न सबैलाई खोजी गरी अनुसन्धान गर्न साइबर ब्यूरोलाई पत्र लेखेको छ ।
भिटेनले यसअघि पनि छाडा शब्द बोलेपछि प्रहरीले पक्राउ गरेको थियो । त्यस क्रममा उनले अब आइन्दा त्यसो नगर्ने प्रतिबद्धता जनाएपछि छाडेपनि फेरि त्यस्तै गुनासो आएपछि अनुसन्धान गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी कुबेर कडायतले जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयको पत्र पाएसँगै साइबर ब्यूरोले भिटेनको खोजी गरेको छ ।
भिटेनको हालै युट्युबमा सार्वजनिक ‘पारा’ शीर्षकको गीतमा उनले ‘माल’ शब्दको प्रयोग गर्नुका साथै अरु अश्लील शब्दसमेत प्रयोग गरेका छन् ।
उनले गाएको ‘हामी यस्तै त हो नि ब्रो’ गीतमा प्रहरीको बदनाम गरेको आरोप लगाइएको थियो । साथै, महिलाहरुलाई ‘माल’ को संज्ञा दिएको भनेर व्यापक आलोचना पनि भएको थियो ।
Categories
Uncategorized

पर्वतको डिमुबामा कोठाभित्रै एक पुरुषको शब भेटियो

पर्वतको मोदी गाउँपालिका ६ डिमुवामा आफ्नै कोठामा एक अन्दाजी ३० वर्षीय पुरुष मृत अबस्थामा भेटिएका छन् ।
डिमुवा बजारमा चेतन मेडिकल सञ्चालन गर्दै आएका चेतन भन्ने चन्द्र बहादुर खत्रीको डेरामा बसेको कोठा भित्रै मृत अबस्थामा शव भेटिएको हो । यहि कार्तिक ८ गते बेलुका सम्म स्थानीयले देखेको भएपनि धेरै दिन सम्म नदेखेपछि खोजी गर्ने क्रममा कोठा भित्रै उनलाई मृत अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिश श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठका अनुसार भित्रबाट चुक्कुल लगाएको र चुक्कुल तोडी हेर्ने क्रममा उनको शब मृत अबस्थामा भेटिएको हो । सुर्खेत जिल्ला चौकुन गाउँपालिका ७ का खत्री लामो समय देखि मोदी गाउँपालिका स्थित डिमुबा बजारमा मेडिकल सञ्चालन गर्दै आएका थिए ।
आफ्नै कोठामा मृत भेटिएका केसीको मृत्युको कारण खुल्न सकेको छैन अहिले उनको शब पोष्टमार्टको लागि जिल्ला अस्पताल पर्वतमा ल्याउने तयारी गरिएको छ । श्रेष्ठका अनुसार आफन्तलाई जानकारी गराई सकिएको र आफन्त आएपछि मात्रै शबको पोष्टमार्टम गरी जिम्मा लगाउने उनले जानकारी दिए । घटनाको अनुसन्धान भईरहेको श्रेष्ठले बताए ।
Categories
Uncategorized

पाथीभरा माताको दर्शन गरि आज कात्तिक १३ गतेको राशिफल हेर्नुहोस

वि.सं. २०७७ कात्तिक १३। बिहीवार। इ.स. २०२० अक्टोबर २९। शकसंवत् १९४२ । ने.सं. ११४० कौलाथ्व। आश्विन शुक्लपक्ष। त्रयोदशी, १५:२५ उप्रान्त चतुर्दशी।
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदा लिन केही वस्तु त्याग्नुपर्ला। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। आफ्नाबाट भने टाढिनुपर्ला। खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ। उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ। समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ। तर समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। पुरानो समस्याले सञ्चित रकम खर्च गराउन सक्छ। चल-अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। मिहिनेत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। कीर्तिमानी काम गर्ने समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामाजिक उत्तरदायित्व वहन गर्दै विशेष जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ। व्यवसाय विस्तार गर्ने समय छ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ने समय छ। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेत समेटेर काम लिनुपर्ने समय छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। चिताएको काम बिग्रनाले निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्यामा परिनेछ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्न सक्छ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतिकूल परिस्थितिका बीच प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा साथीभाइबाट सहयोग मिल्नेछ।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकारका लागि सजग रहनुपर्ला। प्रतिस्पर्धीसँग मिलेर काम गर्दा फाइदा हुनेछ। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर बन्न सक्छ, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। तापनि मिहिनेतले नियमित काम बन्नेछन् र सामान्य फाइदा पनि हुनेछ। प्रयत्न गर्दा भौतिक सुविधाका वस्तुहरू जुटाउन सफलता मिल्नेछ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुखद समाचारले उत्साह जगाउनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउन सक्छ। पढाइमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ। सहपाठीहरू पछि पर्नेछन् भने मिहिनेतले प्रतिष्ठा दिलाउनेछ। दिगो काम प्रारम्भ गर्ने समय छ।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अनावश्यक हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिन सक्छन्। शुभचिन्तकहरूलाई साथमा लिएर काममा जुट्नुहोला, महत्त्वाकांक्षी योजना थालनी हुनेछ।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सिद्धान्तमा मतभेद देखिनाले कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ। साथीभाइसँग असमझदारी बढ्ने देखिन्छ। काममा अरूको भर नपर्नुहोला। प्रयत्न गर्दा पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले आंशिक काम बन्नेछ। रोकिएका काम पुनः प्रारम्भ गर्न सकिनेछ। फाइदाका पछि लाग्दा अप्ठ्यारा चुनौती आउन सक्छन्।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
Categories
Uncategorized

राष्ट्रपति कार्यालयको ट्वीटर एकाउन्ट बन्द, तीन पटक हमला भएको दावी

राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले राष्ट्रपति कार्यलयको ट्वीटर एकाउन्ट तीन पटक हमला भएको दावी गर्नुभएको छ । पटक पटकको हमलापछि @SHITALNIWAS नामको ट्वीटर एकाउन्ट बन्द गरिएको उहाँले बताउनुभयो ।
ढकालका अनुसार अकाउन्ट भेरिफाइ गर्दा राखिएको आइडेन्टिटी र इन्फरमेसन बाहिरिएको शंकापछि ट्वीटर एकाउन्ट बन्द गरिएको हो । राष्ट्रपति कार्यालयका सूचनाहरु सार्वजनिक गर्नका लागि सो ट्वीटर प्रयोग हुँदै आएको थियो ।
अब नयाँ ट्वीटर एकाउन्ट चाँडै बनाएर संचालनमा ल्याइने राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ एकाउन्ट भने फायरवाल सेक्युरिटी सिस्टमका साथ सञ्चालनमा ल्याने बताइएको छ ।
बन्द भएको ट्वीटर एकाउनट राष्ट्रपतिको प्रेस सचिवालयले सञ्चालन गर्दै आएको थियो । यसअघि सो एकाउन्टबबाट अनलाइन पोर्टलको समाचार सेयर भएपछि राष्ट्रपति कार्यालयले धेरै आलोचना खेप्नु परेको थियो ।