Categories
Uncategorized

२० किलो गाँजासहित टेम्पो र चालक नियन्त्रणमा

लागूऔषध गाँजा लोड गरेर भारततिर लैजाँदै गरेको अवस्थामा एउटा अटो टेम्पो र त्यसका चालकलाई सशस्त्र प्रहरीले मोरङको जहदाबाट नियन्त्रणमा लिएको छ। 
सिटमुनि ‘फल्स बटन’ बनाएर लुकाईछिपाई अवैध रुपमा गाँजा निर्यात गर्दै गरेको अवस्थामा को २ ह ४२४१ नम्बरको अटो टेम्पो नियन्त्रणमा लिएर चालक सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ३१ वर्षीय गणेश राईलाई सशस्त्रले पक्राउ गरेको हो। सिटमुनि विशेष ढंगले ‘फल्स बटन’ बनाएर लुकाएको अवस्थामा २० किलो गाँजा जहदा गाउँपालिका–१ भुटाहाबाट बरामद भएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले जानकारी दिए। 
टेम्पोमा ठूलो परिणामको गाँजा बरामद भएपछि चालकलाई पनि नियन्त्रणमा लिएर कारबाही अघि बढाउन आइतबार साँझ इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाइएको उनको भनाइ छ। 
प्रहरीले राईविरुद्ध लागूऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन सोमबार म्याद थप गरेर आवश्यक अनुसन्धान अघि बढाउने तयारी गरेको छ। 
एसपी पौडेलका अनुसार विशेष सूचनाका आधारमा गाँजा नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल बीओपी जहदाबाट सहायक निरीक्षकको नेतृत्वमा टोली परिचालन गरिएको थियो। टोलीले शंकास्पद रुपमा सडकमा गुडिरहेको टेम्पोलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा गाँजा फेला पारेको हो। 
प्रारम्भिक अनुसन्धानबाट नेपालको बाटो हुँदै ठूलो परिणामको गाँजा भारततिर लैजान खोजिएको पाइएको एसपी पौडेलले बताए। तत्काल सशस्त्र प्रहरीले रोक्न सकेका कारण भारततर्फ लैजाने योजना भने असफल भएको उनको भनाइ छ। 
पक्राउ परेका राईले टेम्पोको चालक बनेर गाँजा ओसारपसार गर्ने गरेको पाइएको एसपी पौडेलको भनाइ छ।
Categories
Uncategorized

एकदमै दुर्लभ पाइने दाहिने शंखको दर्शन मात्रै ले हजुरको मनोकामना सिद्ध हुनेछ !ॐ लेखेर १ शेएर गरि आज पुस १३ गतेको राशिफल हेर्नुहोस !

२०७७ पुस १३ गते, साेमवार, २८ डिसेम्बर २०२०। मार्ग शुक्लपक्ष, चतुर्दशी तिथि। राेहिणी नक्षत्र (१६:०५ बजेउप्रान्त मृगशिरा)। चन्द्रराशि– वृष। 
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अध्ययनमा विशेष प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलापमा समेत फाइदा हुनेछ। 
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
खर्च लागे पनि काम बन्नेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। दोहोर्याएर प्रयत्न गर्दा अवरोध हट्न सक्छ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुटाउन सकिनेछ। भेटघाटका लागि समय अनुकूल नदेखिए पनि टाढाका साथीभाइले काममा साथ दिनेछन्। केही खर्च बढ्नेछ। समयमा आलस्य गर्ने बानीले पछि परिनेछ। लगानी बढाउने अवसर भने प्राप्त हुनेछ। 
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। ऋण तथा कर्जा पनि चुक्ता गर्न सकिनेछ। 
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विशेष कर्म प्राप्तिको योग छ। तर अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। सामाजिक जिम्मेवारी बढ्नेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। आँटेको काम सिद्ध गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। 
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सम्भावना र अवसर खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ। 
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्य कमजोर रहनेछ भने केही प्रतिकूल परिस्थितिसँग जुध्नुपर्नेछ। अशक्त अवस्थामा व्यस्तता बढ्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ। प्राथमिकताका आधारमा काम अघि बढाउन नसकिएला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। शुभचिन्तकहरूकाे सहयाेगले काम बन्नेछ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। तर विवादास्पद निर्णयले समस्या निम्त्याउन सक्छ।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत परिस्थितिले सहयोगी बन्नेछन्। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले दुश्मनी गर्नेहरूले भने केही समस्या निम्त्याउन सक्छन्, सजग रहनुहाेला। 
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
श्रम परे पनि सुखद् समाचारले उत्साह जगाउनेछ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। आम्दानीका स्रोत पनि बढ्नेछन् र दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
आश्वासन दिनेहरूले आफ्नो प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अवसर र व्यवधानका बीचबाट कर्मफल प्राप्त हुनेछ। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेतले राम्रो परिणाम प्राप्त हुनेछ। भौतिक साधन पनि जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धीबाट जाेगिएर काम गर्नुहाेला।
Categories
Uncategorized

युरोपेली मुलुकहरुमा खोप अभियान शुरु

युरोपेली युनियनमा आबद्ध मुलुकहरुमा आइतबारदेखि एकसाथ कोभिड-१९ विरुद्धको खोप अभियान शुरु गरेको छ । युरोपका केही मुलुकमा कोरोना भाइरसको नयाँ स्वरुप देखिएकै अवस्थामा अति जोखिममा रहेका मानिसलाई पहिलो प्राथमिकता दिई खोप लगाउने तयारी गरिएको छ । 
फाइजर-बायोएनटेकले विकास गरेको खोप कोभिड-१९ बाट सर्वाधिक प्रभाव परेका इटाली, स्पेन र फ्रान्समा शनिबार पहिलो डोजका लागि खोप आइपुगेको छ । पहिलो चरणमा यो खोप वृद्धवृद्धा र उनीहरुको हेरचाहमा खटिने व्यक्तिहरुलाई दिइने जनाइएको छ ।
कोरोना भाइरसको खोपका कारण सन् २०२१ मा नयाँ आशाको किरण देखिएको छ । गत वर्ष चीनमा पहिलो पटक देखिएको कोरोना भाइरसको संक्रमणबाट विश्वभर हालसम्म १७ लाखभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । 
यसैबीच, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम घेब्रेससले कोभिड-१९ महामारीबाट नयाँ पाठ सिक्नुपर्नेमा जोड दिएका छन् । महामारी पूर्वतयारी सम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै टेड्रोसले मानिस र पशुपक्षीबीचको नाजूक सम्बन्धका बारेमा मानव समुदायले बढी सचेतता अपनाउनुपर्ने तथा जलवायु परिवर्तनका खतराका कारण मानवका लागि पृथ्वी बस्नयोग्य बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए । 
जर्मनीमा १०१ वर्षीया वृद्धालाई शनिबार कोभिड–१९ विरुद्धको खोप दिइएको छ । जर्मनीका स्वास्थ्य मन्त्रीले त्यस अवसरमा खोपलाई आशाको दिनको रुपमा हेरिएको बताए । 
हंगेरी र स्लोभाकियामा पनि खोप दिन थालिएको छ । हाल रुस, चीन, बेलायत, क्यानाडा, संयुक्तराज्य अमेरिका, स्वीट्जरल्यान्ड, सर्बिया, सिंगापुर र साउदी अरेबियामा पनि खोप अभिायन शुरु भइसकेका छन् । 
इटालीका विदेश मन्त्री लुइगी डि मायोले आमजनतालाई कोभिड-१९ को खोप लिन आह्वान गरेका छन् । तर जनमत सर्वेक्षणमा करिब ५७ प्रतिशत जनताले मात्र खोप लिन चाहेको देखाइएको छ । वैज्ञानिकहरुले ७५ देखि ८० प्रतिशतले खोप लगाए मात्र ुहर्ड इम्युनिटीु विकास हुने अनुमान गरेका छन् ।
कोरोना भाइरस फैलिएको भन्दै इजरायलले आइतबारदेखि लागू हुनेगरी दुई साताको लकडाउन गरेको छ भने फ्रान्सका स्वास्थ्य मन्त्रीले पनि क्रिसमस पछि कोरोना फैलिने आशंकामा लकडाउन गर्ने योजना बनाइएको जानकारी दिए । 
बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ स्वरुप र युरोपदेखि जापानसम्म यो भाइरस पुगेको भन्दै तनाबको वातावरण सिर्जना भएको छ । 
कोरोना भाइरसको नयाँ संस्करण म्याड्रिडमा शनिबार चार जनामा भेटिएको छ, तर उनीहरु गम्भीर बिरामी नभएको स्पेनी स्वास्थ्य अधिकारी एन्टोनियो जापाटेरोले बताए ।
Categories
Uncategorized

अति नै दुर्लभ जिवित नै दाहिने शंख को दर्शन गरि आज पुस १२ गतेको राशिफल हेर्नुहोस !

२०७७ पुस १२ गते, आइतवार, २७ डिसेम्बर २०२०। मार्ग शुक्लपक्ष, त्रयोदशी तिथि। कृत्तिका नक्षत्र (१३:५२ बजेउप्रान्त रोहिणी)। चन्द्रराशि– वृष
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आत्तिने बानीले केही समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला। धैर्य तथा मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। नीति–नियमलाई बेवास्ता गर्दा केही चुनौती आइलाग्नेछन्।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। परिवारजनको साथ जुट्नाले अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ। व्यवसायबाट सामान्य आम्दानी भइरहनेछ। भौतिक वस्तु जुटाउन सकिनेछ। सामान्य विवादले अलमल्याउन सक्छ। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। उधारोमा व्यापार हुनेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला। अवसरका लागि दौडधुप गर्नुपरे पनि  दिगो काम थालनी हुनेछ। खर्च लागे पनि यात्राको साइत जुर्न सक्छ। व्यवसाय थाल्न सरसापट लिनुपर्ने हुन सक्छ। 
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। ऋण तथा कर्जा पनि चुक्ता गर्न सकिनेछ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। केही विवादास्पद जिम्मेवारी आउन सक्छ। तर मिहिनेत गर्दा पछिका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। साइनो गाँस्नेहरूबाट जोगिएर काम गर्नुहोला। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। तारिफयोग्य कामले समाजमा लोकप्रियता दिलाउन सक्छ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
स्वार्थी प्रवृत्तिले विवादमा परिनेछ, सजग रहनुहाेला। सम्भावना र अवसर खोजी गर्ने समय छ। आम्दानी थोरै भए पनि आवश्यकता पूरा हुनेछन्। दिगो फाइदा हुने योजना थाल्न सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मसञ्चय गर्ने समय छ। सामाजिक कामले नाम, दाम र इनाम दिलाउनेछ। आध्यात्मिक चेतनाले सेवामूलक काममा प्रवृत्त गराउनेछ। 
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। तत्काल फाइदा नहुने काममा जुट्नुपर्ला। परिबन्धले चुनौती निम्त्याउन सक्छ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ। अरूका विषयमा चासो लिँदाव्यर्थैमा झमेला बेहोर्नुपर्ला। स्वास्थ्य कमजोर भएको अनुभूति हुनेछ। खानपान र आहारविहारमा ध्यान पुर्याउनुहोला। कमजोरीका बेला कामको चाप पनि बढ्न सक्छ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ। भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ। प्रेमको बन्धन कसिनेछ भने अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विवादले रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला। 
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
द्वेष तथा ईर्ष्या गर्नेहरूले दु:ख दिए पनि चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। तत्काल फाइदा नभए पनि दिगो आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। पछिका लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि समस्या पहिल्याउन सकिनेछ। अवसर आए पनि हडबडीले काम बिग्रन सक्छ। विवादास्पद काममा जुट्नुपर्दा प्रतिफल प्रभावित हुनेछ। मिहिनेतको फल अरूले हत्याउने चेष्टा गर्नेछन्। काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला। 
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सहयोगीहरूले साथ नदिए पनि नियमित काम सम्पादन हुनेछन्। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सफल भइनेछ। उद्योग र व्यापारमा सामान्य फाइदा हुनेछ। गरिएका कर्मको छिटै प्रतिफल पाइनेछ। अलि हडबड गर्ने बानीले केही समस्या भने आइपर्न सक्छन्।  
Categories
Uncategorized

शनिबार थप पाँच सयमा कोरोना संक्रमण, तीनको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ। 
पछिल्लो २४ घण्टामा ८४० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय १९ पुगेको छ।
 
Categories
Uncategorized

सामाजिक संजाल twitter मा (प्रकु) @Gbpbp777 को लेख

गोरेटो छदैछैन अध्यारो देख्छु केवल

गोरेटो छदैछैन अध्यारो देख्छु केवल
चुनौती अनि अप्ठ्यारो देख्छु केवल
ओभानो छैनन नयन निर्दोष विचारा
मुल’कुन्नि कताछ धारो देख्छु केवल
कर्ममा’उत्ति’भाग्यमा पनि’छ बिश्वास
उहीँ निष्ठुरी” उहीँ प्यारो देख्छु केवल
छैन’छनत असम्भव चिहान हो लक्ष्य
हो पुग्न लक्ष्यमा गाह्रो देख्छु केवल.!
Categories
Uncategorized

पाथीभरामन्दिर नजिकैको जंगलमा भीषण डढेलो, आगो नियन्त्रण बाहिर !

प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर नजिकैको जंगलमा भीषण डढेलो लागेको छ । फावाखोलाको सिम्बु सामुदायिक वनमा तीन दिनदेखि डढेलो लागिरहेको स्थानिय कमल विष्टले जानकारी दिए ।
डढेलो निकै ठूलो भएकाले नियन्त्रणमा लिन सक्ने अवस्था नरहेको उनको भनाई छ । सो क्षेत्रमा पानीको पनि अभाव भएको र विषेशगरि गभ्रे सल्लाको जंगल भएकाले पनि डढेलो नियन्त्रण बाहिर रहेको छ । अहिले हावा समेत जोडले चल्न थालेकाले आगो झनै दन्किरहेको विष्टले बताए । उनका अनुसार आगो तत्काल नियन्त्रणमा लिन नसके मन्दिरसम्मै पुग्ने सम्भावना छ ।

आगोले ठूलो फेदी बस्तीमा ल्याएको खानेपानीको पाइप डढेपछि पानी अवरुद्ध भएको छ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट समेत उक्त स्थानमा धुवाँको मुस्लोसहित आगो दन्किरहेको देखिन्छ । यो क्षेत्र लोपुन्मुख रेढपाण्डा (हाब्रे) को वासस्थान भएको क्षेत्र हो ।
आगलागी नियन्त्रणका लागि सदरमुकाम फुङलिङबाट नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीको टोली प्रस्थान गरेको छ । यही गतिमा फैलिए आगो फेदीको मानव बस्तीमा समेत आइपुग्ने सम्भावना रहेको स्थानिय बताउँछन् ।
Categories
Uncategorized

पाथीभरा माताको दर्शन गरि पुस ११ गते शनिबार को राशिफल हेर्नुहोस !

२०७७ पुस ११ गते, शनिवार, २६ डिसेम्बर २०२०। मार्ग शुक्लपक्ष, द्वादशी तिथि। भरणी नक्षत्र (११ः२२ बजेउप्रान्त कृत्तिका)। चन्द्रराशि– मेष  (१८ः०१ बजेदेखि वृष)।
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। अध्ययनले व्यक्तित्व निखार्ने समय छ। मिहिनेत गर्दा दिगो काममा जग बसाउन सकिनेछ। साँझतिर नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। बसाइको स्थानान्तरण अथवा यात्रा हुने सम्भावना छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ। काम पूरा नभए पनि सम्मानित स्थान प्राप्त गर्न सकिनेछ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
महत्त्वपूर्ण जिम्मेवारी प्राप्त भए पनि फाइदा उठाउन समय लाग्नेछ। तथापि मिहिनेत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। लाभांश अरूका लागि खर्चनुपर्ने अवस्था आउन सक्छ। तारिफयोग्य कामको यश भने प्राप्त हुनेछ। साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ। धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला। 
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सामाजिक दायित्व हातलागी हुनेछ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य पनि हुन सक्छ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। आवश्यक भौतिक साधन जुट्नेछन्। सञ्चित धन उपयोग गर्दा फाइदा हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझतिर नयाँ जिम्मेवारी समेत प्राप्त हुनेछ। आयस्रोत सबल बन्नेछ। दिगो काम थालनी गर्ने समय छ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला।   
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ। परिस्थितिवश अरूका लागि अलमलिनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। व्यवसायमा आंशिक लाभ हुनेछ। नयाँ काम थाल्न पनि सकिनेछ। 
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
खानपान एवं मनोरञ्जनमा रमाउने समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। परिवेश उल्लासमय रहे पनि जीवनशैली व्यस्त रहनेछ। भौतिक साधन बिग्रनाले काममा विलम्ब हुनेछ। सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला। समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ। साँझतिर भने स्वास्थ्यमा कमजोरी तथा काममा चुनौती देखापर्न सक्छ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिस्पर्धामा उत्रनुपरे पनि पुरुषार्थी काम सिद्ध गर्ने समय छ। कामबाट मनग्य लाभ मिल्नेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। साँझतिर लोकाचारका लागि अनावश्यक काममा जुट्नुपर्ला। वादविवादले पुरानो सम्बन्धमा समस्या निम्त्याउन सक्छ। 
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ। गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ। साँझतिर ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। सोझोपनको फाइदा अरूले उठाउन सक्छन्। परिस्थितिले आकस्मिक खर्च बढाउनेछ। 
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा दु:ख पाइनेछ। समयमा निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। बेसुरको वचनले अप्ठ्यारो पार्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। परिवारजनको सहयोगले मात्र काम बनाउन सकिनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। अध्ययनको गतिले उचाइमा पुर्याउन सक्छ। 
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। मिहिनेतले व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ। 
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ कामको प्रस्ताव आउनेछ। आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई प्रभावित पार्न सकिनेछ। आर्थिक र बौद्धिक क्षेत्रमा राम्रो उपलब्धि प्राप्त हुनेछ। कामले मान–सम्मान पाइनेछ भने प्रशंसकहरू पनि बढ्नेछन्। साँझतिर परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ। अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउन सक्छ। 
Categories
Uncategorized

सर्वोच्चद्वारा संसद् विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग

सर्वोच्च अदालतले संसद् विघटन गर्नुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ । शुक्रबार (आज) प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयसँग लिखित जवाफ माग गर्ने आदेश दिएको हो ।
जानकारी अनुसार इजलासले पुस १९ गतेसम्ममा लिखित जवाफ पेश गर्न आदेश दिएको हो । नेपाल बार र सर्वोच्च बार एशोसियनबाट एमिकस क्यूरी माग्ने आदेशसमेत दिइएको बताइएको छ ।
सर्वोच्चले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट संसद विघटन गर्ने निर्णयको सक्कल फाइल मगाउने आदेश समेत दिएको बताइएको छ । पुष पाँच गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
Categories
Uncategorized

सामाजिक संजाल ट्विटर मा भेटेको अत्यन्तै राम्रो कविता शिर्षक :`उनि बिधुवा´ लेखक: बिजय मरासिनी

“उनी बिधुवा”
पखालिंदा त्यो सिउंदो
देखिन उनलाइ जिउंदो
फुट्दै थिए चुराहरु
काट्दै थिए कुराहरू
आत्महत्या गर्दै थिए
केही सपना अधुराहरु
म साक्षी बस्न बाध्य,
न रुन सकिन उनी
न परेली छुन सकिन
न समाजको न घरको
एक बिधुवा हुन सकिन!
“उनी बिधुवा”