Categories
Uncategorized

राष्ट्रपति कार्यालयको ट्वीटर एकाउन्ट बन्द, तीन पटक हमला भएको दावी

राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले राष्ट्रपति कार्यलयको ट्वीटर एकाउन्ट तीन पटक हमला भएको दावी गर्नुभएको छ । पटक पटकको हमलापछि @SHITALNIWAS नामको ट्वीटर एकाउन्ट बन्द गरिएको उहाँले बताउनुभयो ।
ढकालका अनुसार अकाउन्ट भेरिफाइ गर्दा राखिएको आइडेन्टिटी र इन्फरमेसन बाहिरिएको शंकापछि ट्वीटर एकाउन्ट बन्द गरिएको हो । राष्ट्रपति कार्यालयका सूचनाहरु सार्वजनिक गर्नका लागि सो ट्वीटर प्रयोग हुँदै आएको थियो ।
अब नयाँ ट्वीटर एकाउन्ट चाँडै बनाएर संचालनमा ल्याइने राष्ट्रपति कार्यालयले जनाएको छ । नयाँ एकाउन्ट भने फायरवाल सेक्युरिटी सिस्टमका साथ सञ्चालनमा ल्याने बताइएको छ ।
बन्द भएको ट्वीटर एकाउनट राष्ट्रपतिको प्रेस सचिवालयले सञ्चालन गर्दै आएको थियो । यसअघि सो एकाउन्टबबाट अनलाइन पोर्टलको समाचार सेयर भएपछि राष्ट्रपति कार्यालयले धेरै आलोचना खेप्नु परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *