Categories
Uncategorized

चिसो याममा बढ्दै कोरोना : विश्वभर एकैदिन ५ लाख ७६ हजार बढी संक्रमित, ८ हजार ८ सयको मृत्यु

अधिकांश देशहरूमा चिसो मौसम सुरू भएसँगै कोरोना भाइरसको संक्रमण दर र मृत्युदर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७६ हजार बढी संक्रमित भएका छन् भने ८ हजार ८ सय बढीको मृत्यु भएको छ ।
विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डोमिटर्सका अनुसार शनिबार विश्वमा ५ लाख ७५ हजार ५ सय ७६ जना संक्रमित भएका छन् भने ८ हजार ८ सय ११ जनाको मृत्यु भएको छ ।
हिजो शनिबार सबैभन्दा धेरै अमेरिकामा १ लाख १७ हजार ६१ जना संक्रमित भेटिएका छन् । शनिबार कोरोना संक्रमणबाट सबैभन्दा बढी पनि अमेरिकामै १ हजार २ सय ६० जनाको ज्यान गएको छ ।
अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या १ करोड १२ लाख २६ हजार पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५१ हजार ३ सय ५६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
त्यस्तै शनिबार भारतमा ४१ हजार ६ सय ५९ जनाको संक्रमण पुष्टी भएको छ भने ४ सय ४९ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ८८ लाख १४ हजार ९०२ जना कोरोनाबाट संक्रमित भएका छन् । १ लाख २९ हजार ६७४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ब्राजिलमा २९ हजार ४६३, फ्रान्समा ३२ हजार, रुसमा २२ हजार, बेलायतमा २६ हजार ८६०, इटालीमा ३७ हजार, र्जमनीमा १६ हजार र इरानमा ११ हजार कोरोना संक्रमित फेला परेका छन् ।
अमेरिका र युरोपियन देशमा संक्रमितको संख्या फेरि बढ्न थालेको छ । खासगरी फ्रान्स, स्पेन, बेलायत, इटाली, नेदरल्यान्ड्स र रसियामा संक्रमित बढ्न थालेका छन्। स्पेनले नियन्त्रणका लागि कडा प्रतिबन्धको घोषणा गरिसकेको छ। इटालीले पनि नयाँ नियमहरु सार्वजनिक गरेको छ। जाडो महीना सुरु हुन थालेपछि यी देशमा संक्रमण बढ्न थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *