
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ३ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५ सय ९४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ!
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ८५ पुगेको छ।