दिदी जब तलाई नौमती बाजागाजा सहित लिन भनी हाम्रो घरमा आएका थिए, तब त्यो बाजा बाहिर भन्दा बढी मेरो मनमा गुन्जीएको थियो।दिदी जब तलाई बेहुली बनाएर जग्गेमा ल्याएका थिए तब तलाई भन्दा बढी खुल्दुली मलाई भएको थियो। दिदी जब त पराईको लगन गाठोमा बेरिएर सात फेरो लिन त्यो आगो वरिपरि घुम्दैथिस तब तलाई भन्दा बढी त्यो आगोले मलाई पोलिरहेको थियो। दिदी जब तलाई गाडिमा राखेर नौ डाडा पारी त्यो अपरिचित ठाउमा बिदाई गरेको थिए, तब तलाई भन्दा बढी डर मलाई लागेको थियो। दिदी बिहान अबेर सम्म सुत्ने बानी परेकी त जब मेहेन्दी लागाइएका ती हातले सबेरै उठि मीठो चिया बनाएर अरुलाई टक्र्याउदै थिस तब तेरो हात भन्दा बढी यहाँ मेरा हात कापिरहेको थियो। दिदी कहिले तेरो आखामा आँसु नदेखेको मैले जब पहिलो पटक तैले आफ्नो घरलाई माइत भनेर आएकि थिस् त्यतिबेला देखेको थिए। कहिले केहि सपना अधुरो नराखेको तैले। अचेल कति सपना त यसै मरेर गए भनेको सुन्दा ती सपना भन्दा बढी म मरेको थिए। miss ew मेरि dd #मुसु