Categories
Uncategorized

श्रीपेच ले नजोगिएको तानाशाह ढाका टोपिले जोगिन्न

लेखक : सन्तोष न्यौपाने बिद्यार्थी नेता

नेपाली राजनीति स्थिरताको खोजिमा तडपीरहेको सन्दर्भमा नेपाली जनताले स्थायित्व र समृद्धिको परिकल्पना गरेर बाम गठबन्धनलाई २०७४ को चुनावमा झन्डै दुईतिहाई मत दिएर सत्ता संचालनको जिम्मा दिए । धेरै राजनैतिक दल रहेको नेपालमा दुई ठुला कम्युनिस्ट पार्टीको एकतालाई जनताले विस्वास गरेर मत दिए र ५ बर्ष सरकार संचालनको जिम्मा लगाए ।
दुई अध्यक्ष रहने र सरकार संचालन गर्न केपी ओलिको नेतृत्वमा सरकार गठन गरियो । संविधान सभाबाट विश्वलाई चकित पार्ने गरि ९२ प्रतिशत मतले पारित उत्कृष्ट संविधान, ६ लाख संगठित कार्यकर्ता र नेपाली राजनीतिका नेतृत्वकर्ताहरु भएको नेपाल कम्युनिस्ट पार्टीले ओलिको नेतृत्वमा सरकार गठन गर्यो । अनेक एकता विरोधी कदम विफल भएपछि ३ वर्ष नपुग्दै संविधानमा अंकित नै नभएको संसद विघटन प्रस्ताव राष्ट्रपति समक्ष पुग्यो । त्यस असंवैधानिक ‘कु’ माथी प्रधानमन्त्रीको सिफारिसलाई कसैको राय सुझाव नसुनी रबर छाप जसरी राष्ट्रपति कार्यलयले छाप लगायो ।
हुँदै नभएको नेपालको संविधान २०७२ को धारा १ र ७ अंकित गरेर राष्ट्रपति कार्यलयबाट निकालिएको विघटनको निर्णय झुट र स्वार्थ प्रेरित हो । हाम्रो मुलुकमा कोहि नेताको दम्भ वा हटको आधारमा जनताको संसद विघटन नहोस भनेर संविधानको यो प्रावधान हटाइएको हो । यसरी प्रत्यायोजन नभएको अधिकारको आडमा हजारौं जनताको रगत र लाखौं जनताको पसिनाले निर्मित संसद र लामो आन्दोलनले प्राप्त लोकतन्त्रमाथि नांगो प्रहार भएको छ ।
यसरी जनताको बलिदानबाट प्राप्त लोकतन्त्रले स्थापित गरेका संस्थामा बसेर गैरलोकतान्त्रिक र स्वेच्छाचारी निर्णय गर्ने छुट कसैलाई पनि छैन । अर्बौं रकम खर्च गरेर लाखौं मानिसको योगदानले स्थापित संसद कोहि नेताको स्वार्थ वा हठको भरमा कसरी विघटन हुन दिन सकिन्छ रु यसरी विघटन गर्दै जाने हो भने अब आउने सरकारलाई प्रधानमन्त्रीको सनकमा विघटन हुन बाट कसले रोक्ने र
यो कदम पछाडिको कारणहरु केलाउदा हामी गठन देखि नै यसको चर्चा गर्नुपर्छ । बाम गठबन्दन बन्दा स्थायित्व, समृद्धि, लोककल्याणकारी राज्य बन्छ भन्नेमा नेपाल भरिका कम्युनिस्टहरु उत्साहित र आसावादी थिए । तर कसैलाई प्रधानमन्त्री बन्न पो यसरी गठबन्धन गरिएको छर्लङ्ग भएको छ ।
कार्यकर्तालाई प्रशिक्षण दिएर विचारबाट परिचालन गरिएन बरु उल्टै बा प्रवृति विकास गरियो । कमरेडको नाता छोडेर ‘बा’ भन्न थालेपछि नेतालाई गलत गर्न पनि छुट, जे गरेपनी सहि र आलोचनात्मक चेत हराएर कार्यकर्ता नेताको झोले भरौटे वा भजनमन्डली बने ।
पार्टीको एकता प्रक्रियामा अत्यन्तै ढिला गरियो । बैठक बस्नै नमान्ने, एकल निर्णयमा पार्टीलाई चलाउन खोज्ने र फाउन्डेसनका नाममा गुट गरि समानान्तर पार्टी संचालन गर्ने आदि कारणले पार्टीको एकता माथि प्रहार भयो । पार्टी फुटाउने विधेयक ल्याउन खोजियो त्यो रोकिए पछि पार्टी बैठकबाट भागेर देशको संविधान मिचेर पार्टीको एकताको मर्म विपरीत संसदकै विघटन गर्नु इतिहासमा कलंकको टीका लगाउनु सिवाय केही होइन ।
विचार विना स्वार्थ केन्द्रित पार्टी बनाउन उद्दत केपी ओलि बारम्बार पार्टी फुटाउने विधेयक ल्याउन पहल गर्थे तर नेता कार्यकर्ता र जनताले रोक्थे । यसरी अल्पमत सदस्य लिएर पार्टी फुटाउन नमिलेपछि रडाको मच्चाउने काम केपी ओलिले गरेका छन् । यसरी न त्यो पार्टीले पुरानो मान्यता पाउछ न त त्यो नयाँ पार्टीको रुपमा स्थापित हुन्छ । यो केबल एक व्यक्तिको पछाडी लाग्ने झुन्ड बन्न जान्छ र प्रतिगमनको मतियार बन्छ । इतिहासमा प्रतिगमनकारीलाई सामाजिक बहिस्कार भएको हाम्रै समाजमा पनि देखिन्छ । यसरी हेर्दा युवा देखिने साथीहरू पनि तेता लाग्नु भएको छ । अन्य मानिसको राम्रो झुन्ड बनेको छ । तर गुदो कुरा केही नभएको अभियान कहाँ पुग्दा सकिने हो थाहा नै हुदैन ।
ओली विधि मान्दिन, नियम कानुन मान्दिन, संबिधान मान्दिन भनेर जनतामाझ जान्छु भनेर भाषागत रुपमा मिलाएर आफुलाई तानाशाहको रुपमा स्थापित गर्न खोज्दैछन । श्रीपेजले जोगाउन नसकेको तानाशाह ढाका टोपी लगाएर तानाशाह हुन संभव छैन । आफ्ना कार्यकर्तालाई पद करार गरि शक्ति वा स्वार्थले अड्याउला तर जनता अब बुझ्ने भैसकेको स्थिति छ । कसैको धम्किले डराउने वाला छैनन् । जनतामा लोकतन्त्रप्रतिको माया र स्वतन्त्रता प्रतिको उतकट चाहाना छ । अनेक जालझेल, तिकडमबाजी गरेर विदेशी शक्तिको आडमा तानाशाह बन्ने स्थिति आयो भने जनता विद्रोह गर्छन र जसरी संसार भरिका तानाशाहहरुको अन्त्य भएको छ त्यसरी नै नामेट हुनेगरि लखेट्ने छन् । नेपालकै सन्दर्भमा पुर्व राजा ज्ञानेन्द्रले गरेको ‘कु’ को विरुद्ध कसरी सडकमा मानिस आए र कसरी राजतन्त्र नै उच्छेद गरे यो सबैको अगाडी छर्लङ्ग छ ।
लोकतान्त्रीकरणको लडाइ जनताको भरोसाको साथमा मात्र जित्न सकिन्छ । यो संबैधानिक ‘कु’ लाई छिटै सचाउन सके मात्र लोकतन्त्र जिवित रहन्छ नत्र गलत नजिर बसेर देश अस्थिरता हुँदै द्वन्द्वमा जान सक्छ । सक्दो यसलाई सचाउनु पर्छ र संविधानको रक्षा गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *