Categories
Uncategorized

परिवार र आफन्त सम्पर्कमा नआउदा संक्रमितको शव चार दिनपछि उठ्यो

विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएका महोत्तरीका कोरोना संक्रमितको शव चार दिनपछि स्थानीय प्रशासनले उठाएको छ ।
मृतकका परिवार र आफन्तहरु सम्पर्कमा नआउदा मंगलबार राति मृत्यु भएका महोत्तरीका ६१ बर्षीय पुरुषको शव शनिबार मोरङ जिल्ला प्रशासनले उठाएको हो । मृतकका आफन्तहरु सम्पर्कमा नआएपछि अस्पतालमा शव अलपत्र परेको थियो ।
साउन ३१ गते अस्पतालमा भर्ना गरिएको र स्वाब परीक्षण गर्दा भदौ ७ गते रिपोर्ट पोजेटिभ आएको न्यूरो अस्पतालले जनाएको छ । विरामी अवस्थामा छोराले ल्याएर अस्पताल भर्ना गरेको र मृत्युपछि कोही पनि सम्पर्कमा नआएका अस्पताल प्रशासनले जनाएको छ ।
आफन्तहरु कोही पनि सम्पर्कमा नआएपछि बृद्धको उपचारका क्रममा लागेको अस्पतालतर्पmको २ लाख २५ हजार र फार्मेसी तर्फको ७० हजार रुपैयाँ छुट गरेको सो अस्पतालका डाइरेक्टर इञ्जिनियर रञ्नीत बस्नेतले बताउनु भयो ।
उहाँले मृतक बृद्धलाई अस्पतालमा ल्याउदानै टाउकाको नसा सुकेर प्यारालाइसिस भएको बताउनु भयो । शव व्यवस्थापनको लािग मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले महोत्तरीबाट कोही नआएका कारण विराटनगरबाटै व्यवस्थापन गरेको बताउनु भयो ।
उहाँले विराटनगरकै एम्बुलेन्समा अलपत्र परेका संक्रमितको शव मोरङ प्रशासनको खर्चमा महोत्तरी पठाएको जानकारी दिनु भयो ।
मृतकका आफन्तहरु पनि सम्पर्कमा नआएको र स्थानीय पालिकालाई खबर गर्दा समेत वेवास्ता गरेका कारण मोरङ प्रशसनले शवको व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनु भयो । उहाँले महोत्तरीको भगाँहा नगरपालिकाका प्रमुख संग समन्वय गरेर शव पठाइएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *