Categories
Uncategorized

६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध

औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पु¥याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो ।
बजारमा बिक्रीवितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाउन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिनुभयो ।
उहाँका अनुसार सीता हर्बल सुनसरीले उत्पादन गरेको ५० मिलिलिटरमा ८० प्रतिशत र पाँच सय मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको छ । यसैगरी मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।
प्रतिबन्ध लगाइएका उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा बिक्रीवितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिइएको छ ।
यसअघि विभागले गुणस्तरहीन भएकाले भारतीय, चिनियाँ तथा नेपाली उद्योगले उत्पादन गरेका विभिन्न कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ ।
Categories
Uncategorized

मनकामना माताको दर्शन गरि आज मंसिर ५ गतेको राशिफल हेर्नुहोस !

वि.सं. २०७७ मंसिर ५। शुक्रवार। इ.स. २०२० नोभेम्बर २०। ने.सं. ११४१ कछलाथ्व। कार्तिक शुक्लपक्ष। षष्ठी, २६:०६ उप्रान्त सप्तमी।
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पुराना कामको चर्चा हुनेछ भने नयाँ काममा प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। विशेष भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुनुका साथै आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व पनि हातलागी हुने समय छ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। आजको सानो प्रयत्नले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। सोचेको उपलब्धि तत्काल नपाइएला। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हाँसखेल र मनोरञ्जनको समय छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह मिल्नेछ। दिगो काम थाल्ने समय छ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनत गर्दा प्रतिस्पर्धाको दौडमा अग्रस्थान हासिल हुनेछ। नयाँ योजना शुभारम्भ गर्ने समय छ। पहिलेको उपलब्धिलाई थप उचाइमा पुर्याउन सकिनेछ। शत्रुता साध्नेहरू स्वयं कमजोर हुनेछन्। हिम्मतले काम लिँदा फाइदा हुनेछ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
चिताएको काम बन्नाले लक्ष्य प्राप्ति हुनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। अध्ययनमा प्रगति हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। सेवामूलक काम गर्दै नाम, दाम र इनाम हातपार्न सकिनेछ। शुभचिन्तकहरूले काममा साथ दिनेछन्। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। आँटेका काममा सन्तान र अनुयायीको सहयोग जुट्नेछ।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम दोहोर्याउनुपर्ने हुन सक्छ। महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन्। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। महत्त्वपूर्ण योजना तत्काल सार्वजनिक नगर्नुहोला। अनावश्यक साइनो गाँसी नजिकिन खोज्नेहरूसँग अलि सावधान रहनुहोला।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ काम प्रारम्भ गर्ने समय छ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। सहयोगीहरू जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आलोचकहरूबाट जोगिएर काम लिनुपर्ने समय छ। वादविवादमा अघि नसर्नुहोला। काम पूरा नभए पनि मिहिनेतले लाभ दिलाउनेछ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ। पहिलेका कमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। बुद्धिको उपयोगले धन आर्जन हुनेछ। नियमित काम सम्पादन हुनेछन्। नयाँ कामका लागि केही समय प्रतीक्षा गर्नुपर्ला।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। समयमा सजग नहुँदा फाइदा लिने अवसर पछिलाई धकेलिन सक्छ। खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्ने देखिन्छ। अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने समय छ। मिहिनेत गर्दा सफलताको उचाइ प्राप्त गर्न पनि सकिनेछ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। आफन्त र परिवारजनबाट टाढिनुपर्ला। करकापमा परी बाध्यात्मक काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। दिगो योजनाका लागि ऋण लिनुपर्ने आवश्यकता पर्न सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
धेरै आम्दानी नभए पनि उठ्नुपर्ने रकम हातलागी हुनेछ। तर, हातलागी भएको रकम अरूका लागि खर्च हुन सक्छ। पछिका लागि लगानी गर्नुपर्ला। सञ्चित धन उपयोग गर्नुपर्ने हुन सक्छ। श्रमको उचित मूल्यांकन भए पनि तत्काल सोचेको मूल्य भने प्राप्त नहुन सक्छ। आवश्यकता भन्दा सोख पूरा गर्न बढी खर्च हुनेछ। खर्च टार्न केही सरसापट लिनुपर्ने हुन सक्छ। तापनि, आयस्रोत बढाउने समय छ।
Categories
Uncategorized

पाथीभरा माताको दर्शन गरि आज मंसिर ४ गतेको राशिफल हेर्नुहोस

वि.सं. २०७७ मंसिर ४। बिहीवार। इ.स. २०२० नोभेम्बर १९। कार्तिक शुक्लपक्ष। पञ्चमी, २६:४४ उप्रान्त षष्ठी।
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
धेरै उपलब्धि नभए पनि सम्भावना खोजी गर्ने समय छ। आफूलाई धेरै लाभ नभए पनि दिगो योजना बन्नेछ। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम बन्न सक्छ। अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला। रोकिएका काम दोहोर्याउन सकिनेछ।अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ। तत्काल चुनाैती देखिए पनि अवसर खाेज्ने समय छ। धेरै लाभ नभए पनि पछिका लागि काम गर्न सकिनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्, गोपनीयतामा अलि सजग रहनुहोला। मिहिनेत गर्दा उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। घरमा सुख र समृद्धिको आगमन हुनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्त र साथीभाइबाट सक्दो सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
स्रोतसाधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। पुरुषार्थले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा दिलाउनेछ। ईर्ष्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ। प्रयत्न गर्दा विभिन्न अवसर पनि प्राप्त हुनेछन् र मनग्य फाइदा उठाउन सकिनेछ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अप्ठ्याराे परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। व्यावहारिक समस्याले कामविशेष राेकिन सक्छ। चाँडै सक्नुपर्ने कामकाे चाप पनि बढ्न सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। अध्ययनमा समय दिन नसकिएला। फाइदाका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। तर, समयको मागलाई ध्यान दिन नसक्दा पछि परिनेछ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुनेछ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। योजना तत्काल सार्वजनिक नगर्नुहोला। कृषिबाट सामान्य लाभ हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। साझेदारीमा अरूको फाइदाका लागि उपयोग भइएला। शुभचिन्तकहरूले भने काममा साथ दिनेछन्।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तुला परिस्थिति अनुकूल बन्नाले नयाँ काम प्रारम्भ हुनेछ। मिहिनेतले दिगो फाइदा दिलाउनेछ। दाजुभाइमा आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मबाट छोटो समयमै उचित प्रतिफल उठाउन सकिनेछ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अभिव्यक्ति तथा लेखनकलामा पनि निखारता आउनेछ। असल विचार र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। मिहिनेतले आम्दानीको स्रोत बढ्नेछ भने पछि फाइदा हुने काममा पनि सम्झौता गर्ने समय छ।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। आकर्षक उपहार पनि प्राप्त हुन सक्छ।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
भैपरी आउने समस्याले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूका हातमा जानाले अर्थअभाव देखापर्नेछ। परिवारजनबाट टाढिनुपर्ला। लोभ देखाउनेहरूले फसाउन सक्छन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। आफ्ना कमजोरीबाट लाभ उठाउनेहरू सक्रिय हुने हुँदा सावधान रहनुहोला। ऋणभार पनि बढ्न सक्छ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउन सक्छ।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
अनुभव देखाएर नयाँ काम हातपार्ने समय छ। प्रतिष्ठित व्यक्तिहरूसँग सहकार्य गर्ने अवसर जुट्नेछ। भेटघाटले उत्साह जगाउनेछ। मिहिनेतले प्रतिष्ठित काम गर्ने अवसर दिलाउन सक्छ। सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। कर्मप्राप्तिकाे समय छ।
Categories
Uncategorized

भाइटिकाको साँझ चन्द्रागिरीमा १४ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ

चन्द्रागिरि २ बसुण्डोलमा १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । भाइटिकाको दिन अर्थात् सोमबार साँझ चन्द्रागिरी नगरपालिकास्थित बसुण्डोलमा १४ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।
महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठका अनुसार बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा थानकोट प्रहरीले एक युकवलाई नियन्त्रणमा लिएको छ । डिएसपी श्रेष्ठले भन्नुभयाे, ‘हुम्ला ताजाकोट गाँउपालिका-२ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका-२ बस्ने २३ वर्षीय सुरेश लोहारलाई नियन्त्रणमा लिइएका छाैँ ।’
श्रेष्ठका अनुसार लोहारले बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरा घरको कोठामा जबरजस्तीकरणी गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छन् ।
घटनालगत्तै फरार रहेका लोहारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Categories
Uncategorized

जिवित नै एकमुखे दाहिने शंख को दर्शन गरि मंसिर १ गतेको राशिफल हेर्नुहोस

वि.सं. २०७७ मंसिर १। सोमवार। इ.स. २०२० नोभेम्बर १६। ने.सं. ११४१ कछलाथ्व। कार्तिक शुक्लपक्ष। प्रतिपदा, ०९:१२ उप्रान्त द्वितीया।
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
समयमै गम्भीर नबन्दा समस्यामा परिएला। आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्। हुलमुलमा धनमाल गुम्न सक्छ। खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ। स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ। पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ। ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यवसायमा आम्दानी बढ्नेछ। भौतिक साधन जुटाउने समय छ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ। प्रयत्न गर्दा काम बन्नेछ। तर प्रतिस्पर्धीले अलि दुःख दिनेछन्। खर्चिलो काम थाल्नाले बीचमा समस्या पर्न सक्छ। आस देखाउनेहरूको भरले मात्र काम नबन्न सक्छ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। अध्ययनमा पछि परिनेछ भने व्यापारमा थोरै फाइदा हुनेछ। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला। बलजफ्तीले चुनौती पनि निम्त्याउन सक्छ। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। प्रतिद्वन्द्वीहरूलाई सजिलै हराउन सकिनेछ। प्रतिस्पर्धीले भने अलि दुःख दिनेछन्। खर्चिलो काम थाल्नाले बीचमा समस्या पर्न सक्छ। आफ्नो धनमाल सुरक्षामा पनि अलि सावधान हुनुहोला। महत्त्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति पनि आउन सक्छ। नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। वादविवादमा अघि नसर्नुहोला। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। आवश्यकता पूरा गर्न केही रकम सापट लिनुपर्ला।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ। तर, खर्च लागे पनि टाढाकाे यात्रा गर्ने अवसर आउनेछ। माया मारेको धन फिर्ता हुन सक्छ। रकम जोहो गर्न पनि सकिनेछ।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ होला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। तर, द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। अरूको विश्वासमा गर्दा धोका पाइएला। नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला। नियमित कामलाई निरन्तरता दिन सकिनेछ। मिहिनेतले अवसर दिलाउन सक्छ। काम गरेर धेरैको मन जित्न सकिनेछ।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। पछिका लागि सम्भावना देखिए पनि तत्काल फाइदा उठाउन नसकिएला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। श्रम परे पनि उपलब्धि कम मात्र प्राप्त हुने देखिन्छ।
Categories
Uncategorized

चिसो याममा बढ्दै कोरोना : विश्वभर एकैदिन ५ लाख ७६ हजार बढी संक्रमित, ८ हजार ८ सयको मृत्यु

अधिकांश देशहरूमा चिसो मौसम सुरू भएसँगै कोरोना भाइरसको संक्रमण दर र मृत्युदर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ७६ हजार बढी संक्रमित भएका छन् भने ८ हजार ८ सय बढीको मृत्यु भएको छ ।
विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डोमिटर्सका अनुसार शनिबार विश्वमा ५ लाख ७५ हजार ५ सय ७६ जना संक्रमित भएका छन् भने ८ हजार ८ सय ११ जनाको मृत्यु भएको छ ।
हिजो शनिबार सबैभन्दा धेरै अमेरिकामा १ लाख १७ हजार ६१ जना संक्रमित भेटिएका छन् । शनिबार कोरोना संक्रमणबाट सबैभन्दा बढी पनि अमेरिकामै १ हजार २ सय ६० जनाको ज्यान गएको छ ।
अहिलेसम्म अमेरिकामा संक्रमितको संख्या १ करोड १२ लाख २६ हजार पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २ लाख ५१ हजार ३ सय ५६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।
त्यस्तै शनिबार भारतमा ४१ हजार ६ सय ५९ जनाको संक्रमण पुष्टी भएको छ भने ४ सय ४९ जनाको मृत्यु भएको छ । अहिलेसम्म भारतमा ८८ लाख १४ हजार ९०२ जना कोरोनाबाट संक्रमित भएका छन् । १ लाख २९ हजार ६७४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ब्राजिलमा २९ हजार ४६३, फ्रान्समा ३२ हजार, रुसमा २२ हजार, बेलायतमा २६ हजार ८६०, इटालीमा ३७ हजार, र्जमनीमा १६ हजार र इरानमा ११ हजार कोरोना संक्रमित फेला परेका छन् ।
अमेरिका र युरोपियन देशमा संक्रमितको संख्या फेरि बढ्न थालेको छ । खासगरी फ्रान्स, स्पेन, बेलायत, इटाली, नेदरल्यान्ड्स र रसियामा संक्रमित बढ्न थालेका छन्। स्पेनले नियन्त्रणका लागि कडा प्रतिबन्धको घोषणा गरिसकेको छ। इटालीले पनि नयाँ नियमहरु सार्वजनिक गरेको छ। जाडो महीना सुरु हुन थालेपछि यी देशमा संक्रमण बढ्न थालेको हो ।
Categories
Uncategorized

सुपादेउराली माता को दर्शन गरि आज कात्तिक ३० गतेको राशिफल हेर्नुहोस

वि.सं. २०७७ कात्तिक ३०। आइतवार। इ.स. २०२० नोभेम्बर १५। ने.सं. ११४० कौलागा। कार्तिक कृष्णपक्ष। औंसी, ११:२७ उप्रान्त प्रतिपदा।
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नपछि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। हिम्मत गर्दा जटिल काम समेत सजिलै सम्पादन हुन सक्छ। दिउँसाेदेखि कामको चापबाट फुर्सद पाइनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। परिवारजनको साथ जुट्नाले नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउन सक्छ। सहयोगीहरूले साथ दिनेछन् र व्यवसायमा सामान्य फाइदा पनि हुनेछ। सोचेको लाभ भने नहुन सक्छ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। प्रातिस्पर्धीलाई उछिन्दै आयस्रोत बढाउन सकिनेछ। तर, आफ्नो क्षेत्रमा अरूले अधिकार जमाउन सक्छन्। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। केही फजुल खर्च पनि बढ्न सक्छ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ। मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ। नयाँ योजना थाल्न केही समय प्रतीक्षा गर्नुहोला।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्रोत-साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। मध्याह्नदेखि भने आफन्तहरू टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। अरूका लागि बुद्धि खर्चनुपर्ला। भूमि तथा पशुधनबाट लाभ उठाउन सकिनेछ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समयमा होस नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा सामान्य धन लाभ नै हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो रहनेछ।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले फाइदा दिलाउनेछ। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्न सकिनेछ। तर, दिउँसाेदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। बेसुरमा दिइएको वचनले पनि अप्ठ्यारो पार्न सक्छ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। दिउँसाेदेखि पारिवारिक भेटघाट हुने याेग छ। आगन्तुकहरूले अलमल्याउने हुँदा साेचेकाे काम तत्काल नबन्न सक्छ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। स्वास्थ्यबाधा पनि हुन सक्छ।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेत गर्दा आयस्रोत फेला पर्नेछन्। नयाँ तथा नियमित काम सम्पादन गर्न सकिनेछ। व्यापार बढ्नेछ भने आम्दानी पनि मनग्ये हुनेछ। तर मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च पनि बढाउनेछ। आलस्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। मध्याह्नपछि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मध्याह्नपछि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रयत्न गर्दा रोकिएका काम भने सम्पादन हुनेछन्। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आफन्तले झुक्याउलान्।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। समस्या दर्साउँदा सहयाेगीहरूले भने साथ दिनेछन्। मध्याह्नपछि सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ।
Categories
Uncategorized

कोरोना संक्रमित प्रा. डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने

कोरोना संक्रमित प्रा. डा. गोविन्द केसीले आफ्नो उपचार खर्च आफैं व्यहोर्ने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार ट्वीट गर्दै डा. केसीको स्वास्थ्यलाभको कामना गर्नुका साथै सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए । डा. केसीले स्वास्थ्यलाभको शुभकामनाका लागि धन्यवाद दिएका छन् ।
तर आफ्नो उपचार खर्च आफैं व्यहोर्ने भन्दै उनले नागरिकप्रतिको कर्तव्य पुरा गर्न आग्रह गरेका छन् । ‘कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक, जसलाई निःशुल्क उपचार आवश्यक छ । उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्’ डा. केसीले भनेका छन्, ‘सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ ।’
साथै उनले आफ्नो १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यान्वयन गर्न समते अग्रह गरेका छन् । ‘पटकपटक भएको सम्झौता कार्यन्वयन भएको भए दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए र त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए’ उनले भनेका छन् ।
Categories
Uncategorized

बाग्लुङ कालिका माता को दर्शन गरि आज कात्तिक २९ गतेको राशिफल हेर्नुहोस

वि.सं. २०७७ कात्तिक २९। शनिवार। इ.स. २०२० नोभेम्बर १४। ने.सं. ११४० कौलागा। कार्तिक कृष्णपक्ष। चतुर्दशी, १३:४९ उप्रान्त औंसी।

मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रमाइलो समय छ। मानसम्मान प्राप्त हुनेछ। तर, आतिथ्य खर्चिलो बन्नेछ। लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला। आफन्तबीच आत्मीयतामा कमी आउने समय छ। यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ। वादविवादले घर-गृहस्थीमा समस्या निम्त्याउला। नयाँ परिवेशमा पुगिए पनि मनमा दुविधा कायम रहनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजयी भइनेछ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
केही अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। स्वास्थ्य कमजोर रहनेछ। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही अलमल भए पनि नियमित काम सम्पादन हुनेछन्। नयाँ काममा भने लक्ष्यअनुसार अघि बढ्न केही बाधा पर्नेछ।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
फाइदा हेर्दा नाम बिग्रन सक्छ। तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ। पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला। समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ। द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ। छिद्र खोतल्नेहरूबाट अलि सजग रहनुहोला।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्। आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। अरूको विश्वास गर्दा धोका हुन सक्छ। अवसरका लागि निकै दौडधुप पनि गर्नुपर्ला। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। व्यवसायमा आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर धेरै फाइदा उठाउन भने नसकिएला। केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि उपलब्धि तत्कालै प्राप्त नहुन सक्छ। जिम्मेवारी भने प्राप्त हुनेछ। आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ। भौतिक साधन संग्रह हुनेछन्। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। बीचमा अवरोध देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुहोला। छिद्र खोतल्नेहरूले दु:ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिवश काम अधुरो रहला। नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। धेरै लगानी पर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउनेछ। शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला।
Categories
Uncategorized

पाथीभरा माताको दर्शन गरि आज कात्तिक २८ गतेको राशिफल हेर्नुहोस

वि.सं. २०७७ कात्तिक २८। शुक्रवार। इ.स. २०२० नोभेम्बर १३। ने.सं. ११४० कौलागा। कार्तिक कृष्णपक्ष। त्रयोदशी, १६:१२ उप्रान्त चतुर्दशी।
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ। खर्च बढ्नेछ। अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ने समय छ। मध्याह्नदेखि कामको चापबाट फुर्सद पाइनेछ। यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। वादविवादमा अघि नसर्नुहोला। परिवारजनको साथ जुट्नाले नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ।
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
प्रतीक्षा गरिएको नतिजा अलि कमजोर आउन सक्छ। सहयोगीहरूले साथ दिनेछन् र व्यवसायमा सामान्य फाइदा पनि हुनेछ। सोचेको लाभ भने नहुन सक्छ। मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। प्रातिस्पर्धीलाई उछिन्दै आयस्रोत बढाउन सकिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। विभिन्न अवसर पनि प्राप्त हुनेछन्।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। समस्या दर्साउँदा प्रतिष्ठित व्यक्तिहरूको सहयोग जुट्न सक्छ। मध्याह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नाले सुनिश्चित काम समेत अन्योलपूर्ण बन्न सक्छ। नयाँ योजना थाल्न केही समय प्रतीक्षा गर्नुहोला।
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सम्भावना देखिए पनि उपलब्धि हातपार्न समय लाग्नेछ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि नियमित काम सम्पादन हुनेछन्। मध्याह्नदेखि आफन्तहरू टाढिन सक्छन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। भूमि तथा पशुधनबाट लाभ उठाउन सकिनेछ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समयमा होस नपुग्नाले अनायासै व्यवधान देखा पर्न सक्छ। आफ्नै कमजोरीले विवाद निम्त्याउनेछ। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइएला। मध्याह्नदेखि रोकिएका काम बन्नेछन् भने चिताएका काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धीलाई पछि पार्दै फाइदा उठाउन सकिनेछ। व्यवसायमा मनग्य धन लाभ हुनेछ। सहयोगीहरूको भावना बुझ्ने प्रयत्न गर्नुहोला, दिन रमाइलो हुनेछ।
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले राम्रै फाइदा दिलाउनेछ। नयाँ काम प्रारम्भ गर्न सकिनेछ। मध्याह्नदेखि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ, सजग रहनुहोला।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। समय दिन नसक्दा काम बिग्रन सक्छ। तापनि मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। मध्याह्नपछि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेत गर्दा आयस्रोत बढाउन सकिनेछ। नयाँ तथा नियमित काम सम्पादन गर्ने समय छ। व्यापार बढ्नेछ भने आम्दानी पनि मनग्य हुनेछ। तर मध्याह्नपछि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। ईर्ष्या गर्नेहरूले फसाउन सक्छन्। सोखले फजुल खर्च पनि बढाउनेछ। आलस्य गर्दा आँटेको काम बीचैमा रोकिन सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ।
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेका काममै अलमलिनाले ठूलो उपलब्धि नहुन सक्छ। लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन्। मिहिनेत परे पनि नयाँ अवसर हातपार्न केही समय लाग्नेछ। मध्याह्नपछि स्थितिमा सुधार आउला। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ।
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्ला। अरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। मध्याह्नपछि व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। आँटले काम पूरा हुनेछ।
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुनसक्छ। शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र समय खर्चनुपर्ला। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्। मध्याह्नपछि सामाजिक उत्तरदायित्व प्राप्त हुन सक्छ। गोप्य सूचना बाहिरिनाले समस्या पर्न सक्छ।
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
व्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। मध्याह्नदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित हुँदा पनि तत्काल कामको मूल्य प्राप्त नहुन सक्छ।