Categories
Uncategorized

श्रीपेच ले नजोगिएको तानाशाह ढाका टोपिले जोगिन्न

लेखक : सन्तोष न्यौपाने बिद्यार्थी नेता

नेपाली राजनीति स्थिरताको खोजिमा तडपीरहेको सन्दर्भमा नेपाली जनताले स्थायित्व र समृद्धिको परिकल्पना गरेर बाम गठबन्धनलाई २०७४ को चुनावमा झन्डै दुईतिहाई मत दिएर सत्ता संचालनको जिम्मा दिए । धेरै राजनैतिक दल रहेको नेपालमा दुई ठुला कम्युनिस्ट पार्टीको एकतालाई जनताले विस्वास गरेर मत दिए र ५ बर्ष सरकार संचालनको जिम्मा लगाए ।
दुई अध्यक्ष रहने र सरकार संचालन गर्न केपी ओलिको नेतृत्वमा सरकार गठन गरियो । संविधान सभाबाट विश्वलाई चकित पार्ने गरि ९२ प्रतिशत मतले पारित उत्कृष्ट संविधान, ६ लाख संगठित कार्यकर्ता र नेपाली राजनीतिका नेतृत्वकर्ताहरु भएको नेपाल कम्युनिस्ट पार्टीले ओलिको नेतृत्वमा सरकार गठन गर्यो । अनेक एकता विरोधी कदम विफल भएपछि ३ वर्ष नपुग्दै संविधानमा अंकित नै नभएको संसद विघटन प्रस्ताव राष्ट्रपति समक्ष पुग्यो । त्यस असंवैधानिक ‘कु’ माथी प्रधानमन्त्रीको सिफारिसलाई कसैको राय सुझाव नसुनी रबर छाप जसरी राष्ट्रपति कार्यलयले छाप लगायो ।
हुँदै नभएको नेपालको संविधान २०७२ को धारा १ र ७ अंकित गरेर राष्ट्रपति कार्यलयबाट निकालिएको विघटनको निर्णय झुट र स्वार्थ प्रेरित हो । हाम्रो मुलुकमा कोहि नेताको दम्भ वा हटको आधारमा जनताको संसद विघटन नहोस भनेर संविधानको यो प्रावधान हटाइएको हो । यसरी प्रत्यायोजन नभएको अधिकारको आडमा हजारौं जनताको रगत र लाखौं जनताको पसिनाले निर्मित संसद र लामो आन्दोलनले प्राप्त लोकतन्त्रमाथि नांगो प्रहार भएको छ ।
यसरी जनताको बलिदानबाट प्राप्त लोकतन्त्रले स्थापित गरेका संस्थामा बसेर गैरलोकतान्त्रिक र स्वेच्छाचारी निर्णय गर्ने छुट कसैलाई पनि छैन । अर्बौं रकम खर्च गरेर लाखौं मानिसको योगदानले स्थापित संसद कोहि नेताको स्वार्थ वा हठको भरमा कसरी विघटन हुन दिन सकिन्छ रु यसरी विघटन गर्दै जाने हो भने अब आउने सरकारलाई प्रधानमन्त्रीको सनकमा विघटन हुन बाट कसले रोक्ने र
यो कदम पछाडिको कारणहरु केलाउदा हामी गठन देखि नै यसको चर्चा गर्नुपर्छ । बाम गठबन्दन बन्दा स्थायित्व, समृद्धि, लोककल्याणकारी राज्य बन्छ भन्नेमा नेपाल भरिका कम्युनिस्टहरु उत्साहित र आसावादी थिए । तर कसैलाई प्रधानमन्त्री बन्न पो यसरी गठबन्धन गरिएको छर्लङ्ग भएको छ ।
कार्यकर्तालाई प्रशिक्षण दिएर विचारबाट परिचालन गरिएन बरु उल्टै बा प्रवृति विकास गरियो । कमरेडको नाता छोडेर ‘बा’ भन्न थालेपछि नेतालाई गलत गर्न पनि छुट, जे गरेपनी सहि र आलोचनात्मक चेत हराएर कार्यकर्ता नेताको झोले भरौटे वा भजनमन्डली बने ।
पार्टीको एकता प्रक्रियामा अत्यन्तै ढिला गरियो । बैठक बस्नै नमान्ने, एकल निर्णयमा पार्टीलाई चलाउन खोज्ने र फाउन्डेसनका नाममा गुट गरि समानान्तर पार्टी संचालन गर्ने आदि कारणले पार्टीको एकता माथि प्रहार भयो । पार्टी फुटाउने विधेयक ल्याउन खोजियो त्यो रोकिए पछि पार्टी बैठकबाट भागेर देशको संविधान मिचेर पार्टीको एकताको मर्म विपरीत संसदकै विघटन गर्नु इतिहासमा कलंकको टीका लगाउनु सिवाय केही होइन ।
विचार विना स्वार्थ केन्द्रित पार्टी बनाउन उद्दत केपी ओलि बारम्बार पार्टी फुटाउने विधेयक ल्याउन पहल गर्थे तर नेता कार्यकर्ता र जनताले रोक्थे । यसरी अल्पमत सदस्य लिएर पार्टी फुटाउन नमिलेपछि रडाको मच्चाउने काम केपी ओलिले गरेका छन् । यसरी न त्यो पार्टीले पुरानो मान्यता पाउछ न त त्यो नयाँ पार्टीको रुपमा स्थापित हुन्छ । यो केबल एक व्यक्तिको पछाडी लाग्ने झुन्ड बन्न जान्छ र प्रतिगमनको मतियार बन्छ । इतिहासमा प्रतिगमनकारीलाई सामाजिक बहिस्कार भएको हाम्रै समाजमा पनि देखिन्छ । यसरी हेर्दा युवा देखिने साथीहरू पनि तेता लाग्नु भएको छ । अन्य मानिसको राम्रो झुन्ड बनेको छ । तर गुदो कुरा केही नभएको अभियान कहाँ पुग्दा सकिने हो थाहा नै हुदैन ।
ओली विधि मान्दिन, नियम कानुन मान्दिन, संबिधान मान्दिन भनेर जनतामाझ जान्छु भनेर भाषागत रुपमा मिलाएर आफुलाई तानाशाहको रुपमा स्थापित गर्न खोज्दैछन । श्रीपेजले जोगाउन नसकेको तानाशाह ढाका टोपी लगाएर तानाशाह हुन संभव छैन । आफ्ना कार्यकर्तालाई पद करार गरि शक्ति वा स्वार्थले अड्याउला तर जनता अब बुझ्ने भैसकेको स्थिति छ । कसैको धम्किले डराउने वाला छैनन् । जनतामा लोकतन्त्रप्रतिको माया र स्वतन्त्रता प्रतिको उतकट चाहाना छ । अनेक जालझेल, तिकडमबाजी गरेर विदेशी शक्तिको आडमा तानाशाह बन्ने स्थिति आयो भने जनता विद्रोह गर्छन र जसरी संसार भरिका तानाशाहहरुको अन्त्य भएको छ त्यसरी नै नामेट हुनेगरि लखेट्ने छन् । नेपालकै सन्दर्भमा पुर्व राजा ज्ञानेन्द्रले गरेको ‘कु’ को विरुद्ध कसरी सडकमा मानिस आए र कसरी राजतन्त्र नै उच्छेद गरे यो सबैको अगाडी छर्लङ्ग छ ।
लोकतान्त्रीकरणको लडाइ जनताको भरोसाको साथमा मात्र जित्न सकिन्छ । यो संबैधानिक ‘कु’ लाई छिटै सचाउन सके मात्र लोकतन्त्र जिवित रहन्छ नत्र गलत नजिर बसेर देश अस्थिरता हुँदै द्वन्द्वमा जान सक्छ । सक्दो यसलाई सचाउनु पर्छ र संविधानको रक्षा गर्नुपर्छ ।
Categories
Uncategorized

पाथीभरा माताको दर्शन गरि आज पुस २१ गते मंगलबार को राशिफल हेर्नुहोस हजुरको दिन शुभ रहनेछ

२०७७ पुस २१ गते, मंगलवार, ५ जनवरी २०२१। पाैष कृष्णपक्ष, सप्तमी तिथि, उत्तरफाल्गुनी नक्षत्र, चन्द्रराशि– कन्या।
मेष –
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। शत्रु र रोगबाट भने सजग रहनुपर्ला। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। 
वृष –
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसरले पछ्याए पनि कर्मगतिले पछि पार्न सक्छ। व्यवसायमा सोचेको फाइदा नउठ्न सक्छ। तापनि मेहनतले प्रतिष्ठित काम गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। व्यापारमा धेरै फाइदा नभए पनि लाभांश अवश्यै प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। शुभचिन्तकहरूको सहयाेग जुट्नाले काम सम्पादन हुनेछ।
मिथुन –
का, कि, कु, घ, ङ, छ, के, को, ह
बलजफ्तीले परिस्थिति बिग्रन सक्छ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। शुभचिन्तकहरूलाई बेवास्ता गर्नाले पछि दु:ख पाइनेछ। बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउन सक्छ। स्थायी सम्पत्तिमा विवाद आउने सम्भावना देखिएकाले सजग रहनुहोला। आमाको स्वास्थ्य कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। काममा आफ्नैबाट धोका हुन सक्छ। 
कर्कट –
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। पुरुषार्थद्वारा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ। विशेष उपहार हातलागी होला। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ।
सिंह –
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बलजफ्ती गर्ने बानीले पहिलेकै काम दोहोर्याउनुपर्ने हुन सक्छ। बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। स्थायी सम्पत्तिमा पनि केही विवाद आउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। ईर्ष्या गर्नेहरूले बिनाकारण सताउन सक्छन्। महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। 
कन्या –
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अवसर प्राप्त भए पनि नियमित काममै अलमलिनाले पछि परिनेछ। पहिलेको योजना अनिश्चित बन्नेछ भने नयाँ काममा अन्योल बढ्न सक्छ। आफ्नो सूचना बाहिरिने सम्भावना भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त भए पनि स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला।
तुला –
र, रि, रु, रे, रो, ता, ति, तु, ते
फजुल खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। आफूलाई समस्या पर्दा साथीभाइले समेत वास्ता गर्न छाड्नेछन्। प्रयत्न गर्दा पछि यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ। 
वृश्चिक –
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। 
धनु –
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
मिहिनेतले विशेष जिम्मेवारी दिलाउनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ भने आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। सामाजिक दायित्व बढ्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। 
मकर –
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
चिताएको काममा केही बाधा हुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। मिहिनेत गर्दा विगतका कमजोरी सच्याउँदै नयाँ अवसर जुटाउन सफल भइनेछ। आध्यात्मिक ज्ञानले डर तथा दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। तर नयाँ काम गर्न समय पर्खनुहोला। 
कुम्भ –
गु, गे, गो, सा, सि, सु, से, सो, द
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि प्राप्त नहोला। काम बिग्रने भयले सताउन सक्छ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। आम्दानी र खर्चको सन्तुलन मिलाउन नसक्दा अर्थअभावले सताउनेछ। चोटपटकको योग देखिएकाले अलि सजग रहनुपर्ला। अवसरलाई पछ्याउन नसक्दा पछि परिनेछ। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। 
मीन –
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिस्थिति अनुकूल रहनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ।
Categories
Uncategorized

सामाजिक संजाल फेसबुकमा भेटिएको एउटा लेख दिदिको सम्झाना मा

लेखक : प्यारी मुसु

दिदी जब तलाई नौमती बाजागाजा सहित लिन भनी हाम्रो घरमा आएका थिए, तब त्यो बाजा बाहिर भन्दा बढी मेरो मनमा गुन्जीएको थियो।दिदी जब तलाई बेहुली बनाएर जग्गेमा ल्याएका थिए तब तलाई भन्दा बढी खुल्दुली मलाई भएको थियो। दिदी जब त पराईको लगन गाठोमा बेरिएर सात फेरो लिन त्यो आगो वरिपरि घुम्दैथिस तब तलाई भन्दा बढी त्यो आगोले मलाई पोलिरहेको थियो। दिदी जब तलाई गाडिमा राखेर नौ डाडा पारी त्यो अपरिचित ठाउमा बिदाई गरेको थिए, तब तलाई भन्दा बढी डर मलाई लागेको थियो। दिदी बिहान अबेर सम्म सुत्ने बानी परेकी त जब मेहेन्दी लागाइएका ती हातले सबेरै उठि मीठो चिया बनाएर अरुलाई टक्र्याउदै थिस तब तेरो हात भन्दा बढी यहाँ मेरा हात कापिरहेको थियो। दिदी कहिले तेरो आखामा आँसु नदेखेको मैले जब पहिलो पटक तैले आफ्नो घरलाई माइत भनेर आएकि थिस् त्यतिबेला देखेको थिए। कहिले केहि सपना अधुरो नराखेको तैले। अचेल कति सपना त यसै मरेर गए भनेको सुन्दा ती सपना भन्दा बढी म मरेको थिए।
miss ew मेरि dd #मुसु
Categories
Uncategorized

थप ४०३ मा कोरोना संक्रमण, ७ को मृत्यु

पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप  ४ सय ३ जनामा कोरोना पुष्टि भएको हो।
यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६२ हजार २ सय ६२ पुगेको छ।
पछिल्लो २४ घण्टामा ५ सय ९४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५५ हजार ८८ पुगेको छ।
त्यस्तै, यसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ!
योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ८ सय ८५ पुगेको छ।
Categories
Uncategorized

सामाजिक संजाल ट्विटर मा भेटिएको लेख !

लेखक: मुसु @Asal_xori

हिरामोती तिम्रै हो प्रिय् अनि सुन तिम्रै हो।
यो धर्ती तिम्रै हो आकासको जुन तिम्रै हो
जति सक्छौ मायामा भ्रष्टाचार गरे हुन्छ
सत्ता तिम्रै छ यो दिलको कानुन तिम्रै हो